Logo

Oct 29 2026

डिजिटल उद्यममा एफवान सफ्टको यात्रा, यसरी जन्मिएको थियो 'ई-सेवा'

डिजिटल उद्यममा एफवान सफ्टको यात्रा, यसरी जन्मिएको थियो 'ई-सेवा'

  • ई–सेवा बजार पुगेपनि धेरैलाई बुझाउन बाँकी थियो । थोरबहुतको हातमा ईसेवा पुगिसकेको थियो । ईसेवा एउटा वालेटामत्रै हो । यसमा रकम हाल्नका लागि चाहिं के गर्ने ? त्यसबेला अहिलेको जस्तो मोबाइल बैंकिङ थिएन । ‘त्यसपछि त हामीलाई मोबाइल बैंकिङ पनि आवश्यक छ भन्ने भयो, त्यसपछि हामीले नै केही बैंकहरुमा यो प्रस्ताव लिएर गयौं’ सीईओ शर्मा भन्छन् ।
    रोयल आचार्य । काठमाडौँ : अहिले बैंकिङ कारोबारका लागि बैंकसम्मै पुग्नु पर्ने बाध्यता छैन । देशका अधिकांश नागरिकहरु बैंकसँग जोडिएका छन् । अनि बैंकसँग जोडिएका हरेक नागरिकको हातहातमा बैंक पुगेको छ । मोबाइल रिचार्जमात्रै होइन बत्ती–पानीको बिल, बस तथा हवाई टिकट होस् या अन्य जुनसुकै भुक्तानी होस् क्षणभरमै बसेकै ठाउँबाट सहजै गर्न सकिन्छ । आजभन्दा डेढ दशक अघिको मात्रै कुरा गर्ने हो भने बैंकिङ कारोबारका लागि बैंकको शाखा कार्यालय पुग्नुुको विकल्प थिएन । अन्य भुक्तानीका लागि सम्बन्धी कार्यालयमा गएर लाइन लाग्नै पर्ने बाध्यता थियो । हिजो कुनै भुक्तानीका लागि घण्टौं लाइन लाग्नु पर्ने काम अहिले घरबाटै निमेष भरमा गर्न सकिन्छ । अर्थात पछिल्लो डेढ दशकमा विद्युतीय भुक्तानीमा क्रान्ति आएको छ । र त्यो क्रान्ति ल्याउन मुख्य भूमिका खेल्ने कम्पनी हो एफ वान सफ्ट इन्टरनेसनल । एफवान सफ्ट कम्पनी नेपालको सबैभन्दा पुरानो र धेरै कारोबार गर्ने डिजिटल वालेट ईसेवाको माउँ कम्पनी हो । अर्को विद्युतीय कारोकारको पायोनियर मानिने फोन पे पनि एफवान सफ्टकै हो । रकम ट्रान्फरका लागि पछिल्ले समय क्यूआर भुक्तानी निकै लोकप्रिय बनेको छ । ठूला सपिङ सेन्टर तथा डिपार्टमेन्ट स्टोरहरुमा मात्रै होइन पान पसल, ठेला पसलदेखि सामान्य तरकारी पसलसम्म क्यूआर कोडको पहुँच पुगिसकेको छ । आधा किलो काउली किन्न धेरै ठाउँमा डिजिटल नै कारोबार गर्न सकिन्छ । राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा मात्रै १२ लाख ९३ हजार ३४९ वटा कारोबारबाट ५ अर्ब ५६ करोड रुपैयाँको भुक्तानी भएको छ । नेपालमा क्यूआर कोडबाट हुने भुक्तानीको ९९ प्रतिशत त ‘फोन पे’ एक्लैले आगेटको छ । अर्थात विद्युतीय भुक्तानीमा फोनले एकलौटी साम्राज्य चलाइरहेको छ । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा विद्युतीय भुक्तानीमा आफूहरुले धेरै भन्दा धेरै नेपालीहरुलाई जोड्ने काम गरेको बताउँछन् । क्यूआर पेमेन्टको निःशुल्क हो । यसकारण उनी राज गरिरहेको भन्न भने नमिल्ने बताउँछन् । ‘हामीले राज गरेका छैनौं, हामीले विद्युतीय भुक्तानीमा नागरिकलाई बानी बसाल्न भूमिका खेलेका छौं, पछिल्लो १० वर्ष डिजिटल कारोबारमा एक किसिमको क्रान्ति नै आएको छ’ उनले भने । नेपालमा इन्टरनेट र मोबाइल बैंकिङ कारोबार प्रणाली बनाउने पनि एफवान सफ्ट नै पायोनियर कम्पनी हो । अहिले सञ्चालनमा रहेका एकाध बैंकहरु बाहेक सबै बैंकहरुको मोबाइल बैंकिङ एफवान सफ्टले नै बनाएको हो । सफ्टवेयर र वेवसाइटबाट सुरु भएको यात्रा एफवान सफ्ट कम्पनी सुरुमा नै डिजिटल भुक्तानीमा क्रान्ति ल्याउँछु भनेर जन्मिएको कम्पनी भने होइन । माग भए अनुसार सफ्टवेयर र वेवसाइटको विकास गर्नका लागि भन्दै कम्पनी स्थापना गरियो । सुरुवाती उद्देश्य अनुसार माग भए बमोजिक विभिन्न सफ्टवेयर र वेवसाइटहरु यो कम्पनीले बनाइदिने गरेको थियो । चार जना विद्यार्थीहरुको सिर्जनशीलता र प्रविधि सम्बन्धी ज्ञानको आधारमा यो कम्पनी स्थापना हुँदा संस्थापक विश्वास ढकाल थिए । पछि टिममा सुवास शर्मा, सुवास सापकोटा, सम्भव सिरोहिया जोडिए । सन् २००४ मा अध्ययनकै क्रममा यो कम्पनी सुरु गरिएको थियो । अनलाइनबाटै पैसा तिर्ने व्यवस्था धेरै देशहरुमा छ भन्ने कुराको ज्ञान उनीहरुमा थियो । उनीहरुले वेवसाइटको डोमेन लिदा दिनुपर्ने भुक्तानी पनि ‘पे–पल’ बाट तिर्ने गरेका थिए । ‘बाहिर देशहरुमा अनलाइन कारोबार हुनछ, हामीले नै रकम तिर्दा पनि पेपलबाट तिर्नुपर्छ भने यस्तो नेपालमै बनाउन चाहिं किन सकिदैन ? हामीले त्यो सोच्यौं’ शर्माले भने । त्यसपछि भने उनीहरु नेपालमै डिजिटल वालेट बनाउनु पर्छ भनेर काम सुरु गरे । प्रमुख कार्यकारी अधिकृत शर्माका अनुसार सन् २००६ मा ईसेवाको अवधारणा तयार भयो । अब ईसेवा नामको डिजिटल वालेट चाहिन्छ भनेर उनीहरुले त्यसका लागि काम सुरु गरे । उनीहरुका लागि यो त्यति धेरै सहज पनि त्यो समयमा पक्कै थिएन । उनीहरुले ईसेवा ल्याउनका लागि निकै महेनत गर्नुपर्‍यो । ‘हामीले वालेट बनाउँछौं भनेर काम त सुरु गर्यौ, तर त्यतिबेला हामीसँग पर्याप्त पूर्वाधाहरु थिएनन्,’ उनले भने, ‘धेरै पूर्वाधारहरु चाहिने थियो, २००६ मै सुरु गरे पनि हामी ईसेवालाई बजारसम्म पुर्याउनका लागि भने झण्डै ३ वर्ष पर्खिनु पर्‍यो ।’ २००९ मा भने ईसेवा बजारमा पुग्यो । ईसेवा बजारमा त पुग्यो तर डिजिटल वालेटबारे सर्वसाधारणहरु जानकार थिएनन् । त्यो समयमा ईसेवा भनेको के हो र यसले कसरी काम गर्छ भन्ने बुझाउन मै समस्या थियो । अझ रोचक कुरा त ई–सेवा तयार भएर बजारमा पुगिसक्दा समेत यससम्बन्धी कुनै नीति नियम नेपालमा थिएन । नेपाल राष्ट्र बैंकले धेरै पछिमात्रै भुक्तानी सेवा सञ्चालक र भुक्तानी सेवा प्रदायकको रुपमा सञ्चालन अनुमति प्रदान गर्न सुरु गरेको थियो । ईसेवा बजारमा पुगेपछि केन्द्रीय बैंकले आवश्यक नियम ल्याउन त्यसलाई आधार मान्यो । ईसेवालाई नै अध्ययन गरेर राष्ट्र बैंकले पछि अन्य कम्पनीहरुलाई भुक्तानी सेवा सञ्चालक र भुक्तानी सेवा प्रदायकको रुपमा लाइसेन्स दिएको थियो । अहिले भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरुमात्रै २७ वटा रहेका छन् । ईसेवा त बन्यो, पैसा कसरी हाल्ने ? ई–सेवा बजार पुगेपनि धेरैलाई बुझाउन बाँकी थियो । थोरबहुतको हातमा ईसेवा पुगिसकेको थियो । ईसेवा एउटा वालेटामत्रै हो । यसमा रकम हाल्नका लागि चाहिं के गर्ने ? त्यसबेला अहिलेको जस्तो मोबाइल बैंकिङ थिएन । ‘त्यसपछि त हामीलाई मोबाइल बैंकिङ पनि आवश्यक छ भन्ने भयो, त्यसपछि हामीले नै केही बैंकहरुमा यो प्रस्ताव लिएर गयौं’ सीईओ शर्मा भन्छन् । बैंकलाई पनि केही नयाँ सेवा दिनु पर्ने थियो । त्यसै अनुसारको नवीनता पस्किँदै एफवान सफ्टले एसएमएस बैंकिङ, मोबाइल बैंकिङ जस्ता सुविधा दिने सफ्टवेयर बनाउने काम गर्‍यो । एफवान सफ्टले सन् २००८ मै इन्टरनेट बैंकिङ बनाएको थियो । तत्कलिन बैंक अफ एशिया र ग्लोबल बैंकको इन्टरनेट बैंकिङ बनाएको थियो । त्यसपछि एसएमएसबाट हुने बैंकिङ सफ्टवेयरको विकास गर्‍यो । वित्तीय कारोबार गर्ने यस्ता सफ्टवेयर तथा एपहरुमा सुरक्षा चुनौती पनि निकै हुन्छ । इन्टरनेट बैंकिङ बनाएर सफलता पाएको अनुभव उनीहरु सामू थियो । नेपाली बैंकहरुलाई त्यसबेला मोबाइल बैंकिङ सफ्टवेयर एफवान सफ्ट बाहेक अरु विकल्प भनेको विदेश थियो । यसकारण पनि बैंकहरुले एफवान सफ्टलाई मोबाइल बैंकिङ बनायो जिम्मा दिए । सुरुमा कम्पनीले सबैभन्दा पहिले ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ बनायो । अन्य बेंकहरको पनि क्रमशः बनाउँदै गयो । यसले ईसेवालाई पनि सहयोग पुग्यो । सीईओ शर्माका अनुसार ईसेवा बनाउँदै गर्दा समेत बैंकहरुसँग छलफल समेत गरिएको थियो । बैंकहरुसँग नै सहकार्य गरी ईसेवा लन्च गरेको हुँदा जति बैंकहरु विकास हुँदै गए त्यसरी नै ईसेवा पनि विकास हुँदै गयो । ईसेवामा पनि सर्वसाधारणको आकर्षण बढ्दै गयो । अहिले ईसेवाका मात्रै ग्राहक ५० लाख नाघेका छन् । अहिले कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाख भन्दा धेरै रहेका छन् । नेपालका अधिकांश बैंकसँग एफवान सफ्टले बनाएको नै मोबाइल बैंकिङ छन् । नेपालको डिजिटल वालेट प्रणालीमा ईसेवाले जुन क्रान्ति ल्यायो त्यसै गरी नै मोबाइल बैंकिङमा एफवान सफ्टले क्रान्ति ल्याएको कम्पनीका अधिकारीहरु बताउँछन् । कम्पनीले अहिले पनि समयको माग अनुसार कम्पनी विभिन्न सफ्टवेयरहरु बनाइ रहेको छ । ईसेवा, फोन पे, दियालो, दर्शनटेक, फिट इन्टरनेसनल, ईसेवा मनि ट्रान्सफर, कोजेन्ट हेल्थ, एक्सटेन्सो डाटा, लोजिका जस्ता सब्सिडियरी कम्पनीको विकास गरी एफवान सफ्टले नेपालीले गर्ने हरेक डिजिटल कारोबारको हिस्सा भएको सीईओ शर्मा बताउँछन् । कम्पनीले विदेशबाट रेमिट्यान्स पनि डिजिटल रुपमै भित्रियोस् भनेर ईसेवा रेमिट समेत सञ्चालन गरिरहेको छ । केही नयाँ काम गर्नका लागि अथवा नयाँ प्रविधि भित्र्याउनका लागि विदेशकै भर पर्नुपर्छ भन्ने बाध्यता अन्त्य गरेको छ । नेपालममा पहिलो सूचना प्रविधि कम्पनीको रुपमा स्थापना भएको यस एफवान सफ्ट कम्पनी आइतबारबाट १८ औं वर्षमा प्रवेश गरेको छ । १८ औं वर्ष प्रवेशका अवसरमा केही नयाँ योजना ल्याउने तयारी गरिरहेको सीईओ शर्मा बताउँछन् । उनका अनुसार अब डिजिटल लेन्डिङ (कर्जामा पनि विद्युतिय) बनाउने गरी उफवान सफ्टले काम गरिरहेको छ । (अनलाइन खबरमा पहिलोपटक प्रकाशित २०७८ फागुन २२)

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend