निष्पक्षता: हामी पूर्वाग्रहरहित तथ्यजाँच रिपोर्टहरू प्रकाशन गर्छौँ ।
पारदर्शीता: हामी हाम्रा प्रत्येक रिपोर्टमा स्रोतको स्पष्ट उल्लेख र दस्तावेजीकरण गर्छौँ ।
विश्वसनीयता: हामी उच्चतम स्तरको पत्रकारिता मापदण्डहरू पालना गर्छौं ।
मानव अधिकार, अन्तर्रािष्ट्रय सम्बन्ध र सुसूचित हुने हकको सम्मान: हामी मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र र लिखतहरूले प्रत्याभूत गरेका अधिकार, सिद्धान्त र मान्यताहरूको सम्मान गर्दै लोकतन्त्र, न्याय, समानता, स्वतन्त्रता, समावेिशता, मानवीयता, शान्ति तथा अन्तर्राष्ट्रिय समझदारी र मित्रराष्ट्रहरूबीच भाइचाराको संरक्षण तथा संवर्द्धन गछौँ । साथै आम नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षा र प्रचलनका लागि सदैव सक्रिय एवं समर्पित रहन्छौँ ।
पेशागत मर्यादा तथा व्यवहार: हामी सूचना वा जानकारीको सङ्कलन र सम्प्रेषण सभ्य र शिष्ट रूपमा गछौँ । साथै पेशागत अभ्यासमा सामाजिक शिष्टता र पाठक, श्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैलीकोप्रयोग गर्दछौँ ।
प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन: हामी आम नेपाली नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्धर्न का निम्ति सदैव सत्य–तथ्य सूचना प्रवाह गछौँ ।
सम्पादकीय स्वतन्त्रताको सम्मान: सूचना सङ्कलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषण सम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुनेछ । सम्पादकीय स्वतन्त्रताको यही सवर्मान्य सिद्धान्त बमोजिम सञ्चारमाध्यम र पत्रकारले कुनै प्रकारको दबाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक सूचना सङ्कलन र समाचार, विचार तथा टिप्पणीको प्रकाशन–प्रसारण गर्दछौँ ।
राष्ट्रिय विपद्मा संयम: हामी प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा सामग्री सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवदेना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउँछौँ ।
गल्ती सच्याउने तत्परताः हामीले प्रकाशित गरेका सामग्रीमा त्रुटि एवं गल्ती भएको जानकारी हुनासाथ यथाशीघ्र सच्याउन तत्परता देखाउँछौँ ।
Impartiality: We publish unbiased fact-checking reports.
Transparency: Each report includes clear documentation of its sources.
Credibility: We adhere to the highest standards of journalism.
Protection and Promotion of Press Freedom: We are dedicated to ensuring the fundamental right to freedom of thought and expression by providing accurate information.
Respect for Human Rights and Informed Citizenship: We uphold the principles guaranteed by international human rights mechanisms, fostering democracy, justice, inclusivity, and international harmony.
Professional Ethics: We collect and disseminate information respectfully, maintaining professionalism and using courteous language.
Editorial Independence: Editors bear ultimate responsibility and authority for content, ensuring freedom from external pressures.
Sensitivity During National Emergencies: We exercise caution in handling information during natural disasters or sensitive events, prioritizing safety and public well-being.
Timely Corrections: We promptly correct any errors in published content.