Logo

Oct 29 2026

Viral Review: क्यालिफोर्नियाको आगलागी, ‘एआई जनरेटेड’ दृश्यको जगजगी

Viral Review: क्यालिफोर्नियाको आगलागी, ‘एआई जनरेटेड’ दृश्यको जगजगी

  • शहरमा आगो होइन, आगोको भुङ्ग्रोमा शहर देखिन्छ । कयौँ बहुतले भवन आगोको मशालझैँ बलिरहेको छन् । 

    नझुक्किनुहोला, यी दृश्यहरु वास्तविक हाेइनन् । यी हुन्, अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसको आगलागीसँग जोड्दै पोस्ट गरिएका ‘एआई जनरेटेड’ दृश्यहरु ।

     

    web.png
    लस एन्जलसको आगलागीसँग जोड्दै पोस्ट गरिएका ‘एआई जनरेटेड’ दृश्यहरु ।

    लस एन्जलसको आगलागीबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । लस एन्जलसका लागि आगलागीको घटना नयाँ होइन । तर, ७ जनवरी २०२५ मा सुरु भएको आगलागीले अति विनासकारी रुप लिएको थियो ।

    पछिल्लो समय लस एन्जलस र त्यस सहरवरपरका क्षेत्र भीषण आगलागी र डढेलोसँग जुधिरहेको छ । उक्त डढेलोले ३८,००० एकडभन्दा बढी जमिनमा फैलिएर १०,००० भन्दा बढी भवन नष्ट गरिसकेको क्यालिफोर्नियाको ‘California Department of Forestry and Fire Protection (CAL FIRE)’ ले जानकारी दिएको छ । यो आगलागीबाट हुने जनधनको क्षति आगामी दिनमा झनै बढ्नसक्नेछ । 

    लस एन्जलसको आगलागीकै सन्दर्भमा नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ ‘एआई जनरेटेड’ भिडियोहरु भाइरल भइरहेका छन् । जसमध्ये सबैभन्दा बढी फैलिरहेका भिडियोहरु यस्ता छन्: 

    The VOICE Of Nation लगायतका थुप्रै फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एउटा अडियो जोडिएको छ । उक्त अडियोमा एक महिलाले क्यालिफोर्निया आगलागीबारे चर्चा गरिरहेको सुनिन्छ । 

    भिडियोको क्याप्सनमा लेखिएको छ- ‘पुस २९ साेमबार अमेरिकाको क्यालिफोर्निया आगलागीले सबैलाई दुखित बनायो ।’

     

    Screen Shot 2025-01-17 at 6.03.39 PM.png
    undefined

     

    त्यसैगरी हाम्राे प्याराे देश नेपाल लगायतका फेसबुक पेजमा पोस्ट गरिएको अर्को भिडियो पनि सामाजिक संजालमा फैलिरहेको छ । यो भिडियोमा शहर नै आगोमा बलिरहेको, हेलिकोप्टहरुले आगो निभाइरहेको र घर छाडेर मानिसहरु भागिरहेको दृश्य देख्न सकिन्छ ।

    यो भिडियोको क्याप्सनमा पनि ‘क्यालिफोर्निया आगलागीले सबैलाई दुखित बनाएको’ वाक्यांश लेखिएको छ । साथै भिडियोको थमनेलमा लेखिउको छ- ‘Heart Broken Clips’  

     

    Screen Shot 2025-01-17 at 6.04.24 PM.png

     

    अर्कोतर्फ ‘एआई जनरेटेड’ दृश्यसँगै वाक्तविक समाचार अडियो जोडिएका केही सामग्रीहरु पनि नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ फैलिरहेको पाइयो । ईन्द्र प्रसाद चापागाईं फेसबुक आइडीमा यस्तै खालका दृश्यहरु पोस्ट गरिएको छ । 

    त्यस्तै रेडियो बेलका एफ.एम. नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा भने फरक सन्दर्भको भिडियोलाई ‘एआई जनरेटेड’ दृश्यसँगै जोडिएको छ । यो भिडियोमा जोडिएको दृश्य क्यालिफोर्निया आगलागीसँग सम्बन्धित छैन । सोही भिडियोलाई ‘एआई जनरेटेड’ दृश्यसँग जोडेर आगलागीको आतंक देखाउन खोजिएको छ ।    

     

    Screen Shot 2025-01-17 at 6.24.25 PM.png
    undefined

     

    कसरी बनाइन्छ एआई जनरेटेड दृश्यहरु ?

    पछिल्लो समय एआईको प्रयोग गरेर वास्तविक घटनासँग मिल्दाजुल्दा दृश्यहरु निर्माण गर्ने चलन नै बस्न थालेको छ । 

    एआई जनरेटेड दृश्यहरू प्रविधिको संयोजनबाट निर्माण गरिएका रचनाहरु हुन् । तर, यस्ता दृश्यहरु वास्तविक घटनासँग ठिक्क नमिल्न सक्छन् । एआई जनरेटेड दृश्यहरूको उत्पादन गर्दा भ्रामक जानकारी फैलिनसक्ने पक्षलाईसमेत ध्यानमा राख्नुपर्छ । किनकि एआईले छिनभरमै एउटा ‘प्रम्प्ट नोट’कै भरमा वास्तविकतासँग मिल्ने दृश्यहरु बनाइदिन्छ । 

    एआई जनरेटेड दृश्यहरु बनाउन प्रयोग हुने केही चर्चित मोडल यस्ता छन्:  

    डेटासेट: दृश्यहरू बनाउनको लागि एआईलाई ठूलो मात्रामा डेटासेट चाहिन्छ । सुरुमा तस्बिर, चित्र वा भिडियो जस्ता कण्ट्रास्टहरूको डेटासेट संकलन गरिन्छ । यही आधारमा एआई दृश्य जेनरेड गरिन्छ । उदाहरणका लागि, सगरमाथाको एआई जनरेटेड दृश्य बनाउनुपरे सगरमाथाका वास्तविक दृश्य डेटासेटमा राख्नुपर्छ ।

    जनरेटिव एड्भर्सेरियल नेटवर्क्स (GANs): GANs एआईको एक अत्यन्त लोकप्रिय मोडेल हो । जसमा दुईवटा नेटवर्कहरू हुन्छन् । जसमध्ये जनरेटरले नयाँ तस्बिरहरू निर्माण गर्छ भने डिस्क्रिमिनेटरले त्यो तस्बिरहरूको वास्तविक छवी बनाउँछ । GANs लाई मोडेल विशेष गरी कला सिर्जना र रियलिस्टिक तस्बिरहरू बनाउनमा प्रयोग गरिन्छ ।

    डाल-ई (DALL-E) : ओपनएआई (OpenAI) निर्मित DALL-E प्रसिद्ध एआई मोडेल हो । यसले टेक्स्ट इनपुटको आधारमा दृश्यहरू बनाउन सक्छ । उदाहरणका लागि ‘पहाडमा उदाउँदो सूर्य’ ‘प्रम्प्ट नोट’ लेख्दा DALL-E ले यसलाई दृश्यमा रुपान्तरण गरिदिन्छ ।

    भेक्टर क्वान्टाइज्ड भेरिएशनल अटोएनकोडर (VQ-VAE): VQ-VAE एआई मोडेलले उच्च गुणस्तरीय दृश्यहरु जनरेड गर्नसक्छ । 

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend