Logo

Oct 28 2026

Fact Check: ट्रम्पले बालेनलाई जवाफ दिएका होइनन्, ‘डिपफेक’ भिडियो भाइल

Fact Check: ट्रम्पले बालेनलाई जवाफ दिएका होइनन्, ‘डिपफेक’ भिडियो भाइल

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालेन शाहको प्रशंसा गरेको भन्दै एउटा दृश्य सामाजिक संजालमा फैलाइएको छ । तर, दाबीसहितको सामग्रीलाई रुजू गर्दा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जनरेटेड ‘डिपफेक’ भाइरल भएको देखियो ।

     

    Balen and Donald trump 2.png

     

    दाबी समीक्षा

    थुप्रै फेसबुक अकाउन्टहरु (Ganesh Regmi । Kopila Bhattarai । सोशल मिडिया नेटवर्क । ENT Nepal) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प देखिने भिडियो पोस्ट गरिएको छ । उक्त भिडियोमा ट्रम्पले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसा गरेको देखिन्छ ।    

    प्रस्तुत भिडियो र पोस्टहरुमा राष्ट्रपति ट्रम्प बालेनसँग झुकेको र यसमा बालेन चनाखो बन्नुपर्ने टिप्पणीसमेत व्यक्त गरिएको छ । 

     

    Balen and Donald trump.png

     

    केही घण्टाअघि मात्रै (२०२५ फेब्रुअरी २२) पोस्ट हुन थालेको भिडियो विभिन्न सामाजिक संजालहरुमा फैलिरहेका छन् । यो भिडियो अगामि दिनमा झनै व्यापक रुपमा फैलिने देखिन्छ । त्यसैले भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।    

    तथ्यजाँच: ‘डिपफेक’ भिडियो भाइल 

    काठमाडौँ महानगरका मेयर बालेन शाहले २०२५ फेब्रुअरी २० मा  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका थिए । फेसबुकमा ट्रम्पलाई मेन्सन गर्दै बालेनले अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका थिए । साथै उनले उनले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिएका थिए ।

     

    Balen-Facebook-Status.png
    मेयर बालेन शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा परेको टिप्पणी

     

    यही सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले बालेन शाहको प्रशंसा गरेको भन्दै एउटा दृश्य सामाजिक संजालमा फैलाइएको छ ।  प्रस्तुत भिडियोलाई हाम्रो तथ्यजाँचकीले गहन जाँच गरे । जाँचका क्रममा ट्रम्पको भिडियो वाक्तविक नभएको प्रमाणित हुने केही आधारहरु फेला परे । 

    साथै भिडियोमा Try Parrot AI को लोगोसमेत देख्न सकिन्छ । TryParrotAI.com एक एआई आधारित प्लेटफर्म हो, जसले प्रसिद्ध व्यक्तित्वहरूको आवाज प्रयोग गरेर भिडियोहरू उत्पादन गर्दछ । 

    Try Parrot AI बाट विभिन्न चर्चित व्यक्तिहरूको आवाज छनोट गरेर उनीहरूको स्वरमा संवाद सिर्जना गर्न सकिन्छ । साथै यसबाट टाइप गरिएको सन्देशलाई चर्चित व्यक्तिको आवाज छानेर भिडियो बनाउन सकिन्छ । उक्त भिडियो डाउनलोड पनि गर्न सकिन्छ ।

     

    Balen and Donald trump 3.png
    Try Parrot AI बाट निर्मित सामग्री

     

    TryParrotAI.com तयार पारिएको ‘डिपफेक’ भिडियो सामाजिक संजालमा भाइरल भएको देखियो । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालेन शाहलाई जवाफ पनि दिएका छैनन् र प्रशंसा पनि गरेका छैनन् । 

    निष्कर्ष

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालेन शाहको प्रशंसा गरेको भन्दै पोस्ट गरिएको दृश्य भ्रामक छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जनरेटेड ‘डिपफेक’ भिडियोलाई सामाजिक संजालमा भाइरल भएको देखियो ।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend