पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर खुट्टा ढोग्दै गरेको एउटा तस्बिर भाइरल भइरहेको छ । धेरै प्रयोगकर्ताहरूले यसलाई सत्य मानेर सेयर गर्दै उनको कूटनीतिक मर्यादामाथि प्रश्न उठाइरहेका छन् ।
तर के साँच्चै रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीको खुट्टा ढोगेका हुन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छाैँ ।
तथ्यजाँच
रास्वपा सभापति रवि लामिछाने भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको औपचारिक निमन्त्रणामा जेठ १९, २०८३ मा ५ दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली गएका छन् । आधिकारिक प्रेस विज्ञप्तिका अनुसार यो भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित छ ।
यसैका बिच उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायतलाई भेट्ने कार्यक्रम रहेको विभिन्न संचार माध्यमहरूमा उल्लेख गरिएको छ ।
उनलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।
रास्वपा सभापति लामिछाने र हालसम्म र प्रधानमन्त्री नरेन्द्र मोदि भेट्ने कुरा भएपनि यो तथ्याजाँच तयार पार्दासम्म कुनै भेट भएको छैन ।
भाइरल तस्बिरलाई विभिन्न एआई डिटेक्सन टुलमा राखेर हेर्दा यो एआई जेनेरेटेड फ्ल्याग गरेको छ । साथै उक्त तस्विर भारतिय तथा नेपाली दुबै पक्षका आधिकारिक च्यानलबाट कतै पनि पोस्ट गरेको भेटिएन ।