Logo

Oct 29 2026

Fact Check: सांसद ज्ञानेन्द्र शाहीमाथि जुम्लामा ढुङ्गा आक्रमण भएको दाबी भ्रामक

Fact Check: सांसद ज्ञानेन्द्र शाहीमाथि जुम्लामा ढुङ्गा आक्रमण भएको दाबी भ्रामक

  • दाबी: 'माननीय ज्ञानेन्द्र शाहीमाथि गृहजिल्ला जुम्लामा ढुङ्गा आक्रमण' । 

    दाबीमा जोडिएका सामग्री: ज्ञानेन्द्र शाहीको तस्बिर र ‘समात त्यसलाई’ भनिएको आवाजसहितको अडियो । 

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, Khatri kamal नामक प्रयोगकर्ता

    तथ्यः अप्रिल २०२२ मा घटेको ज्ञानेन्द्र शाहीसँग सम्बन्धित फरक घटनाको तस्बिर र आजावलाई दुई वर्षपछि भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ ।  

    नतिजा: भ्रामक सन्दर्भ जाँच: २०७९ वैशाखमा ज्ञानेन्द्र शाही सांसद निर्वाचित भएका थिएनन् । उनी चुनावको तयारका लागि गृह जिल्लामै थिए । यही समय जुम्लामा आयोजित एक कार्यक्रममा भाषण गरिरहेको बेला ज्ञानेन्द्र शाहीको छातीमा मोबाइल लागेको दृश्यसहितको भिडियो युट्युबमा भेटिएको छ ।

    २१ अप्रिल २०२२ मा पोस्ट गरिएको भिडियोमा छातीमा मोबाइल लागेपछि ज्ञानेन्द्र शाहीले ‘समात् त्यसलाई’ भन्छन्, उनी निकटका मानिसहरू भीडतर्फ दौडिन्छन् । त्यतिकैमा माहौल तनावग्रस्त भएको दृश्य देखिन्छ । सोही घटनाको तस्बिर र अडियोलाई अहिले सामाजिक संजालमा पोस्ट गरिएको छ ।  

    Screen Shot 2025-02-08 at 3.16.16 PM.png

    तथ्यजाँच:  ‘माननीय ज्ञानेन्द्र शाहीमाथि गृहजिल्ला जुम्लामा ढुङ्गा आक्रमण’ भएको भन्दै पोस्ट गरिएको अडियो र तस्बिर २०२२ अप्रिलमा घटेको घटनासँग सम्बन्धित छ । तर, २०२२ अप्रिलमा ज्ञानेन्द्र शाही ‘माननीय’ नै बनेका थिएनन् ।

    आफ्नो छातीमा मोबाइल लागेको घटना सार्वजनिक भएपछि ज्ञानेन्द्र शाहीले रातोपाटी डटकमसँग भनेका थिए- ‘हाम्रो स्टेज तल थियो । घरका मान्छेहरू माथिबाट बार्दलीबाट हेरिरहेका थिए । मोबाइल खसेर लागिसकेपछि वरिपरिका मासले के सोच्यो भने मलाई मोबाइलले हिर्कायो । मैले मोबाइल खसेको हो, हिर्काएको होइन भनेर त्यतिबेला भीडलाई नै भनेको थिएँ ।’

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend