Logo

Oct 29 2026

Fact Check: के सिंहदरबारभित्रै सांसदहरुबीच कुटाकुट भएको हो?

Fact Check: के सिंहदरबारभित्रै सांसदहरुबीच कुटाकुट भएको हो?

  • रवि लामिछाने छुट्ने भएपछि सिंहदरबारभित्र समितिको बैठकमा कुटाकुट भएको भन्दै यो भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, भिडियोलाई रुजू गर्दा, संसदीय समितिमा भएको फरक सन्दर्भको चर्काचर्कीलाई भ्रामक तरिकाले रवि लामिछानेसँग जोडिएको देखियो ।

    दाबी समीक्षा

    कान्छाको नयाँ नयाँ न्युज नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा संसदीय समितिको एउटा दृश्य जोडिएको छ । उक्त भिडियोमा दुई सांसद राजकिशोर यादव र प्रेम सुवालबीच भनाभन भइरहेको देखिन्छ ।

    २०२५ जनवरी ९ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘रवि छुट्ने भएपछि सिंहदरबारभित्र समितिको बैठकमा कुटाकुट । र प्रेम सुवाल र राजकिशोर यादवबीच कुटाकुट ।’ 

    दाबीसहितको भिडियोमा साढे २६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १ हजारभन्दा बढी सेयर भएको भिडियोलाई लाखौँले हेरिसकेका छन् ।

     

    Prem Suwal And Raj Kishor Yadav Fight Inside SinghaDurbar.png
    टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा संसदीय समितिको एउटा दृश्य र दाबी वाक्यांश

     

    के संसदीय समितिको बैठकमा दुबै सांसद प्रेम सुवाल र राजकिशोर यादवबीच कुटाकुट भएको हो त? रवि लामिछानेको नामसमेत जोडिएको दाबीलाई हामीले तथ्यजाँच गरेका छौँ ।

    तथ्यजाँच: प्रेम सुवाल र राजकिशोर यादवबीच कुटाकुट भएको होइन

    राजकिशोर यादव जसपा नेपालका सांसद हुन् भने सुवाल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद हुन् । यादव प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति हुन् भने सुवाल सोही समितिका सदस्य हुन् । 

    कुटाकुट भएको दाबीसँगै पोस्ट गरिएको भिडियोमा दुबै सांसद देखिएक छन् । उनीहरुबीच चर्काचर्की भइरहेको छ । यही आधारमा हामीले ‘समिति बैठक’ ‘चर्काचर्की’ लगायतका वाक्यांशको जाँच गर्‍यौँ ।

    जाँचको नतिजास्वरुप Kantipur TV HD युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । ९ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘जसपा नेपालका सांसद राजकिशोर यादव र नेमकिपाका सांसद प्रेम सुवालबीच चर्काचर्की’ ।  फेला परेको भिडियोमा सांसदहरुबीच ‘कुटाकुट  भएको दृश्य’ देखिँदैन ।

     

    Prem Suwal And Raj Kishor Yadav Fight Inside SinghaDurbar 2.png
    ९ जनवरी २०२५ मा पोस्ट गरिएको वाक्तविक दृश्य ।

     

    अर्कोतर्फ यस सन्दर्भबारे विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएका छन् । onlinekhabar.com र annapurnapost.com लगायतमा प्रकाशित समाचार अनुसार २०८१ पुष २५ गते संसदीय समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल थियो । 

    छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजेका थिए । त्यसपछि यादव र सुवालबीच चर्काचर्की परेको थियो । यही चर्काचर्की भइरहेको सन्दर्भमा खिचिएको एउटा दृश्यलाई दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । तर, दुबै सांसदहरुबीच  ‘कुटाकुट’ भएको भने थिएन । 

     

    Prem Suwal And Raj Kishor Yadav Fight Inside SinghaDurbar 3.png
    सांसदहरु यादव र सुवालबीच चर्काचर्की परेको घटनाबारे तयार पारिकाएको समाचार ।

     

    अर्कोतर्फ दुबै सांसदहरुबीच भएको चर्काचर्की रवि लामिछानेसँग सम्बन्धित छैन ।  नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल भइरहेका बेला दुबै नेताबीच जवालजवाफ भएको हो । यही तथ्यलाई तोडमोड गरिएको देखियो ।

    निष्कर्ष

    सांसदहरुबीच समितिको बैठकमा ‘कुटाकुट’ भएको दाबीसहित पोस्ट गरिएको सामग्री भ्रामक छ । सांसदहरुबीच चर्काचर्की भएको जानकारी सत्य हो । तर, रवि लामिछाने छुट्ने भएपछि सिंहदरबारभित्र समितिको बैठकमा कुटपिट भएको होइन ।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend