Logo

Oct 28 2026

Fact Check: भारत–पाकिस्तान तनाव, नेपालमा फैलिए गलत पोस्ट

Fact Check: भारत–पाकिस्तान तनाव, नेपालमा फैलिए गलत पोस्ट

  • नेपाल र भारतबीच युद्ध सुरु भएको भन्दै केही पोस्टहरु सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, दाबीसहितका पोस्टहरुलाई रुजु गर्दा त्यस्ता पोस्टहरु भ्रामक रहेको तथ्य फेला परेको छ ।  

    दाबी समीक्षा

    Bibshabohra नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा गोली चलिरहेको आवाज सुन्न सकिन्छ । ३० अप्रिल २०२५ मा पोस्ट गरिएको सामग्रीलाई ६२ हजारभन्दा बढीले हेरिसकेका छन् भने ४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले लाइक गरिसकेका छन् ।  

    दाबीसहितको भिडियो कतै ग्रामीण ठाउँको जस्तो देखिन्छ । भिडियोलाई नियाल्दा त्यहाँ सडक देख्न सकिन्छ र ब्याकग्राउन्डमा गोली चलेको आवाज सुन्न सकिन्छ । साथै, क्याप्सनको ह्याजट्यागमा #धार्चुलासीमानाका लेखिएको छ ।  

    War Claim Nepal And India 1.png

    के साच्चै नेपाल र भारतबीच युद्ध सुरु भएको हो त ? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।  

    तथ्यजाँच: अतिरंजित आजावमा गलत दाबी जोडियो

    हामीले सबैभन्दा पहिले दाबी गरिएको भिडियोलाई पोस्ट गर्ने TikTok खातालाई नियाल्यौँ। सो खातामा व्यक्तिगत मनोरञ्जनात्मक सामग्रीहरू मात्रै देखिन्छन्, र यो न त कुनै समाचार संस्था हो न त प्रमाणित (verified) खाता।

    भिडियोको क्याप्सनमा प्रयोग गरिएको ह्याशट्याग #dharchulasimanaka बाट अनुमान गर्दा यो सामग्री दार्चुला जिल्लासँग सम्बन्धित हुन सक्छ। त्यसैले, हामीले दार्चुला र सीमावर्ती क्षेत्रमा भएका पछिल्ला समाचारहरू अध्ययन गर्‍यौँ। तर नेपाल–भारतबीच युद्ध सुरु भएको भन्ने कुनै प्रमाण वा आधिकारिक समाचार भेटिएन।

    भिडियोमा प्रयोग गरिएको आवाज (audio) लाई जाँच र विश्लेषण गर्दा, त्यसको मूल स्रोत नेपालसँग सम्बन्धित नभएको र त्यो पुरानो तथा अतिरञ्जित सामग्री भएको पुष्टि भयो ।

    War Claim Nepal And India 2.png

    पछिल्लो समय, भारत–पाकिस्तानबीचको तनाब फेरि तीव्र बनेको छ । जसको मुख्य कारण जम्मु–कश्मीरमा भएको आतंकी हमला हो। २२ अप्रिल २०२५ मा जम्मु–कश्मीरको पहलगाममा आतंकवादी हमलामा २६ जना हिन्दू पर्यटक मारिएका थिए । भारतले यस हमलाको दोष पाकिस्तान समर्थित आतंकी समूहहरूलाई दिएको थियो ।

    भारतले ७ मे २०२५ मा भारतले ‘अप्रेसन सिंदूर’ मार्फत पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरमा रहेका आतंकवादी शिविरहरूमा मिसाइल हमला गरेको छ । अर्कोतर्फ पाकिस्तानले यसलाई युद्धको कार्य भनेको छ र जवाफी कारबाहीको चेतावनी दिएको छ ।

    निष्कर्ष

    उपलब्ध प्रमाणहरूका आधारमा, सामाजिक सञ्जालमा फैलाइएको ‘नेपाल–भारत युद्ध सुरु भयो’ भन्ने दाबी पूर्णतः गलत छ । नेपालसँग सम्बन्धित नभएको र त्यो पुरानो तथा अतिरञ्जित आवाज सामग्रीलाई गलत दाबीसँग जोडेर सामाजिक संजालमा फैलाइएको देखियो ।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend