Logo

Oct 29 2026

Fact Check: 'जनयुद्ध' सम्बन्धित अभिव्यक्तिसँगै जोडिएको एउटा तस्बिरसहितको पोस्ट भाइरल

Fact Check: 'जनयुद्ध' सम्बन्धित अभिव्यक्तिसँगै जोडिएको एउटा तस्बिरसहितको पोस्ट भाइरल

  • सामाजिक सञ्जाल फेसबुकमा 'जनयुद्ध' सम्बन्धित अभिव्यक्तिसँगै जोडिएको एउटा तस्बिरसहितको पोस्ट भाइरल बनेको छ । तर, हामीले तथ्यजाँच गर्दा त्यो तस्बिर पूर्ण रूपमा भ्रामक र फरक सन्दर्भको रहेको तथ्य फेला पर्यो।

    दाबी समीक्षा

    उक्त तस्बिरसहितको पोस्ट “Shamragi Sharma” नामक फेसबुक प्रयोगकर्ताले  [ओरिजिनल लिङ्क] सन् २०२६ जनवरी २४ मा पोस्ट गरेको देखिन्छ। [ओरिजिनल लिङ्क] [अर्काइभ लिङ्क]  यो तथ्यजाँच रिपोर्ट तयार पार्दासम्म उक्त पोस्टमा १४०० भन्दा बढी सेयर र करिब १० हजार रियाक्सन आइसकेको छ। 

    website-design (2).png

    पोस्टको क्याप्सनमा लेखिएको छ:

    "भो मर्न तयार तर त जस्तो ज्यानमारा हत्यारालाई भोट हाल्नु, हाल्ने ती १७ हजारको होइन, ७५ हजारको हत्यारा हुन्।, तँलाई याद छ नि तेरो बाउले एउटी गर्भवती नारीको अगाडि उसको बुढालाई काटेर मारेको, तनया छ छैन, आफ्नो श्रीमान र भाइलाई बाँधेर श्रीमतीलाई र बहिनीलाई बलात्कार गरेको तलाई याद छ कि छैन, अनि तलाई भोट दिने, त लाई लाज छ कि छैन, तैले बिर्सिस होला, दुनियालाई लुटेर आज देश देखि विदेश सम्म दुनिया भवनहरू बनाएको छ, अरबौँ खरबौं सम्पत्तिहरू विदेशी बैंकहरूमा छ । तर तेरो ग खाने सबै नेपाली छैनन् ।। सोचेर भोट हालौं"*

    साथै उक्त पोस्टसँगै एउटा तस्बिरसमेत जोडिएको छ। तस्बिरमा एक बालक र बालिकाको पुरानो फोटो छ, जसलाई जनयुद्धको असरको रूपमा प्रस्तुत गर्न खोजिएको देखिन्छ।

    तथ्यजाँच

    के साँच्चै यो तस्बिर नेपालको जनयुद्ध बेलाको हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ।

    सबैभन्दा पहिले हामीले उक्त तस्बिरलाई 'रिभर्स इमेज सर्च' गरी खोज गर्यौँ। सर्च गर्दा यस्तै प्रकृतिका अन्य तस्बिरहरूसमेत भेटिए। खोज तथा विश्लेषणको क्रममा हामीलाई एउटा लिङ्क प्राप्त भयो। उक्त लिङ्कलाई क्लिक गर्दा जर्मनीको सञ्चारमाध्यम डीडब्लु (dw.com) मा पोस्ट गरिएको एउटा लेख मिल्यो। सन् २०२५ अप्रिल २५ मा पोस्ट गरिएको यो लेखमा उक्त तस्बिरसहित अन्य विभिन्न तस्बिरहरूसमेत राखिएका छन्।

    website-design (1).png

    सुरुमा राखिएको यो तस्बिरलाई "Image: Cinétévé" को क्रेडिट दिइएको छ। तथ्यजाँचबाट यो तस्बिर नेपालको नभई भियतनाम युद्धको समयको रहेको पुष्टि भयो।

    निष्कर्ष

    उपलब्ध प्रमाणका आधारमा यो पोस्ट भ्रामक र फरक सन्दर्भको रहेको पुष्टि हुन्छ। यो दाबीमा जोडिएको तस्बिर पूर्ण रूपमा भ्रामक र फरक सन्दर्भको हो। यो तस्बिर नेपालको नभई भियतनाम युद्धको समयको हो।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend