Logo

Oct 28 2026

Fact Check: प्रधानमन्त्रीमा नियुक्त नहुँदै सामाजिक सञ्जालमा बालेनका एआई तस्बिर भाइरल

Fact Check: प्रधानमन्त्रीमा नियुक्त नहुँदै सामाजिक सञ्जालमा बालेनका एआई तस्बिर भाइरल

  • ruju-youtube-thumbnail.jpg

    प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेको भन्दै एआई (AI) निर्मित तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल गराएका हुन् । तर, यो तथ्यजाँच तयार पार्दासम्म बालेन शाह प्रधानमन्त्री नियुक्त भएको भन्ने दाबी पूर्ण रूपमा भ्रामक छ ।

    • दाबी: "बालेन शाह प्रधानमन्त्रीमा न्युक्त”
    • दाबीमा जोडिएका सामग्री: बालेन शाह प्रधानमन्त्री नियुक्त भएको भनी दाबी गरिएका एआई निर्मित तस्बिरहरू ।
    • दाबी भेटिएको माध्यम: फेसबुक (मार्च १०-१२) ।

    website-design.jpg

    सन्दर्भ जाँच

    मिति २०८२ फागुन २१ गते (मार्च ५, २०२६) सम्पन्न मध्यावधि प्रतिनिधि सभाको निर्वाचनमा झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह विजयी भएका थिए । निर्वाचनमा उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गरेका थिए (बालेन शाह: ६८,३४८ भोट, केपी शर्मा ओली: १८,७३४ भोट) । 

    २०८२ पुस १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमति भएको थियो । बालेन र रास्वपाबीच भएको पूर्व सहमति अनुसार रास्वपाले बालेनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको थियो । उक्त चुनावमा रास्वपाले १६५ प्रत्यक्ष सिटमध्ये १२५ सिटमा भारी हासिल गरेको छ । भारी मतसहितको ऐतिहासिक जितपछि बालेन प्रधानमन्त्री बन्ने पक्काजस्तै भएको यही सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा यस्ता दाबीहरू पोस्ट भइरहेका छन् ।

    तथ्यजाँच

    तथ्यजाँचका क्रममा हामीले सबैभन्दा पहिले भाइरल तस्बिरहरूको प्राविधिक परीक्षण गर्‍यौं । तस्बिरमा बालेन शाह, रवि लामिछाने र वर्तमान अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई देख्न सकिन्छ, जसमा प्रधानमन्त्री सुशीला कार्कीले बालेनलाई टीका लगाउँदै गरेको जस्तो दृश्य छ । 

    यस्ता प्रकृतिका प्राय: तस्बिरहरू एआई (AI) बाट निर्माण गरिएका हुन्छन् । सो कुराको पुष्टि गर्न हामीले 'Undetectable.ai' र 'ZeroGPT' (zerogpt.com) जस्ता एआई डिटेक्सन टुलहरूको प्रयोग गर्‍यौं । यी टुलहरूको परीक्षणबाट भाइरल तस्बिरहरू वास्तविक नभई आर्टिफिसियल इन्टेलिजेन्स (AI) द्वारा सिर्जना गरिएका (AI-generated) हुन् भन्ने प्राविधिक रूपमा पुष्टि भएको छ ।

    website-design (1).jpg

    website-design (2).jpg

    निष्कर्ष

    समग्र अनुसन्धानको आधारमा, प्रतिनिधि सभा निर्वाचनमा विजयी भए तापनि बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेको भन्ने दाबी भ्रामक छ । चुनावमा पाएको भारी सफलतापछिको उत्साहका बीच सामाजिक सञ्जालमा एआई (AI) को प्रयोग गरी बनाइएका नक्कली तस्बिरहरू राखेर उनलाई प्रधानमन्त्री नियुक्त भएको भन्दै गलत सूचना फैलाइएको हो ।

    नतिजाः भ्रामक (AI Generated)

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend