Logo

Oct 29 2026

Fact Check: नेपालमा विद्यार्थीमाथि होस्टेलमा निर्घात कुटपिट भएको दाबी भ्रामक, भिडियो भारतको हो ।

Fact Check: नेपालमा विद्यार्थीमाथि होस्टेलमा निर्घात कुटपिट भएको दाबी भ्रामक, भिडियो भारतको हो ।

  • सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा केही विद्यार्थीहरूले अन्य विद्यार्थीहरूलाई बेल्ट, ब्याट र लाठीले निर्घात कुटपिट गरिरहेको देख्न सकिन्छ । नेपालमा केही प्रयोगकर्ताहरूले उक्त भिडियो नेपालको भएको दाबी गर्दै सेयर गरिरहेका छन् ।

    फेसबुकमा “Rohit Rijal” नामक एक प्रयोगकर्ताले भिडियो सेयर गर्दै लेखेका छन्, "नेपालको एक होस्टेलमा यस्तो छ गुण्डागर्जी। सम्बन्धित निकायको ध्यानाकर्षणजाओस्" । मे २२, २०२६ मा पोस्ट गरिएको भिडियोमा हालसम्म

    ७ लाख ५६ हजार भन्दा बढी भ्युज आइसकेको छ भने ३ हजार ४०० भन्दा बढी पटक सेयर भइसकेको छ । साथै उक्त भिडियोमा २७० भन्दा बढी कमेन्ट समेत गरिएको छ ।

    तर के दाबी भिडियो नेपाल कै हो त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छाैँ ।

    तथ्यजाँच

    सबैभन्दा पहिले यस दाबीको सत्यता  बुझ्न हामीले भिडियोको स्क्रिनसटहरू प्रयोग गरी रिभर्स इमेज सर्च र सम्बन्धित किवर्डहरू मार्फत खोजी गर्‍यौ । 

    नतिजा स्वरुप भारतीय समाचार संस्था abp मराठीमा प्रकाशित एउटा समाचार फेला पर्यो । उक्त समाचार अनुसार यो भिडियो भारतको महाराष्ट्र राज्यअन्तर्गत कोल्हापुर जिल्लाको हातकणंगले (Hatkanangale) तालुकास्थित 'शामराव पाटिल शिक्षण संस्था' (Shamrao Patil Shikshan Sanstha) को छात्रवास (Hostel) को हो ।

    Screenshot 2026-05-28 154557.png
    abp marathi को समाचार ।

    भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख गरेअनुसार यो कुटपिटको घटना अक्टोबर ६ को आसपास भएको थियो । यस घटनाका भिडियोहरू अक्टोबर १०-११ तिर सामाजिक सञ्जालमा भाइरल भएका थिए । र सोही भिडियोलाई अहिले नेपालको भन्दै भाइरल गराइएको पाइयो ।

    उक्त होस्टेलमा केही ठूला विद्यार्थीहरूले साना विद्यार्थीहरूलाई लाठी, बेल्ट र ब्याटले अमानवीय ढङ्गले कुटपिट गरेका थिए । भिडियो भाइरल भएपछि स्थानीय शिक्षा अधिकारीहरू र प्रहरीले अनुसन्धान सुरु गरेका थिए । अनुसन्धानका क्रममा होस्टेलका केही प्रशासक (रेक्टर) हरूले पनि विद्यार्थीहरूलाई कुटपिट गरेको खुलेपछि उनीहरूलाई निलम्बन गरी कारबाही अगाडि बढाइएको थियो ।

    निष्कर्ष

    सामाजिक सञ्जालमा "नेपालको होस्टेलमा भएको गुण्डागर्दी" भन्दै भाइरल भइरहेको भिडियो पूर्ण रूपमा भ्रामक छ । वास्तवमा यो भिडियो भारतको महाराष्ट्र, कोल्हापुरस्थित एक होस्टेलमा भएको कुटपिटको हो र यसको नेपालसँग कुनै सम्बन्ध छैन ।

    [नोट:  यस्तै प्रकृतिको दाबी  यस अगाडि श्रीलङ्कामा समेत भाइरल भएको थियो । यसलाई श्रीलङ्कास्थित Fact Crescendo ले समेत तथ्यजाँच गरेर भ्रामक भएको निष्कर्ष निकालिसकेको छ । ]

    अन्य दाबीका लिङ्क:

    https://www.facebook.com/share/v/1CePkmLiDr/

    https://www.facebook.com/reel/3103038173418394

    https://www.facebook.com/share/p/1E6883V47j/

    https://www.facebook.com/share/p/1E6883V47j/

    https://www.instagram.com/reel/DYrfwG3lG23/

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend