दाबी: कान्तिपुर दैनिकको इपेपरमा प्रमुख शिर्षक-‘Breaking News मेरा मालिक गद्दार निकला, बहुत दुखद् समाचार ।’
दाबीमा जोडिएका सामग्री: कान्तिपुर दैनिक पत्रिकाको इपेपर ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, Gautam Lamichhane नामक प्रयोगकर्ता
तथ्यः ७ चैत्र २०७४ मा प्रकाशित कान्तिपुर दैनिकको इपेपरलाई इडिट गरी वर्तमान सन्दर्भको शिर्षक जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: भ्रामक

सन्दर्भ जाँच: नागरिकता दुरुपयोग गरेको आरोपमा २०८१ जेठ ९ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका थिए । धनुषा जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि सिरोहियालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । सिरोहिया पक्राउ परेपछि कान्तिपुर दैनिकको इपेपरमा दाबीसहितको शिर्षक जोडेर सामाजिक संजालमा फैलाइएको छ ।
तथ्यजाँच: इपेपरमा देखिने ‘कर्मचारीका लागि केन्द्रीय सरकार गुहार्दै सभामुखहरू’ शिर्षकको सहायक समाचार इकन्तिपुर डटकमा २१ मार्च २०१८ मा पोस्ट भएको पाइयो ।
यही मितिमा प्रकाशित कान्तिपुर दैनिकको सक्कल इपेपरमा भने अध्यक्ष कैलाश सिरोहियाबारे कुनै समाचार प्रकाशित भएको छैन । सिरोहिया पक्राउ परेको सन्दर्भमा कान्तिपुर दैनिकको ६ वर्ष पूरानो इपेपरमाथि छेडखारी गरी फरक शिर्षक जोडिएको पाइयो ।
