Logo

Oct 28 2026

Fact Check: लुक्ला एयरपोर्टमा एयरबस जहाज उडेको हो ? काल्पनिक भिडियोलाई वास्तविक नसम्झनू

Fact Check: लुक्ला एयरपोर्टमा एयरबस जहाज उडेको हो ? काल्पनिक भिडियोलाई वास्तविक नसम्झनू

  • दाबी: ‘आज साँच्चिकै लुक्लामा ठूलो जहाज । आएको हो र भन्दिन पर्‍यो ।’  

    दाबीमा जोडिएका सामग्री:  एयरपोर्टमा ठूलो एयरबस जहाज उडान भर्दै गरेको भिडियो ।  

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, Kishor Kc प्रयोगकर्ता ।

    तथ्य: लुक्ला विमानस्थलमा ठूलो एयरबस जहाजले उडान भर्दै गरेको दृश्य वास्तविक होइन । कम्युटर प्रविधिबाट तयार पारिएको दृश्यलाई सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    नतिजा: भ्रामक 

    सन्दर्भ जाँच: लुक्ला एयरपोर्ट परिचित तेन्जिङ-हिलारी विमानस्थल नेपालको आन्तरिक विमानस्थल हो । सोलुखुम्बु जिल्लास्थित लुक्ला बजारमा रहेको उक्त विमानस्थल यो समुद्र सतहबाट २८ सय मिटरको उचाइमा छ ।

    सन् २०१० मा प्रसारित द हिस्ट्री च्यानलको ‘मोस्ट एक्स्ट्रिम एयरपोर्ट्स’ डकुमेन्ट्रीले लुक्ला एयरपोर्टलाई विश्वको खतरनाक मध्येको एक एयरपोर्टका रुपमा चिनाएको थियो । भौगोलिक बनावट, धावनमार्ग अवस्था र मौसमका कारण यो विमानस्थलमा एयरबस जस्ता ठूला जहाजहरुले अवतरण र उडान भर्न सक्दैनन् । वर्तमान समयका लागि एयरबस जस्ता ठूला विमान यहाँ अवतरण गराउनु असम्भव जस्तै छ । 


    तथ्यजाँच: सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा ठूलो एयरबस जहाजले लुक्ला विमानस्थलबाट उडान भरिरहेको दृश्य देख्न सकिन्छ । तर, यो वास्तविक दृश्य होइन ।

    oYik Network नामक युट्युब च्यानलमा पोस्ट गरिएको बनावटी भिडियोलाई सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त च्यानलमा विभिन्न किसिमका जहाजहरू विश्वकै खतरनाक विमानस्थलमा उडाइएको काल्पनिक दृश्यहरु (कम्युटर प्रविधिबाट निर्माण गरिएका) पोस्ट गर्ने गरिन्छ । यही क्रममा १० फेब्रुअरी २०२४ मा लुक्ला एयरपोर्टमा एयरबस जहाज उडाएको काल्पनिक दृश्य पोस्ट गरिएको हो । यो भिडियोमा कुनै वास्तविकता छैन ।

    Plane Lukla.png
    undefined

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend