Logo

Oct 29 2026

Fact Check: कान्तिपुरले रबि लामिछानेसँग माफी मागेको दाबी, यस्तो छ वास्तविकता

Fact Check: कान्तिपुरले रबि लामिछानेसँग माफी मागेको दाबी, यस्तो छ वास्तविकता

  • दाबी: ‘अहिलेको तात्‌तालाे खबर ! ल हेर्नुस्, हाम्रो देशको पहिलो पत्रिकाको हालत यस्तो छ । कसैको चरित्र हत्या गर्छ अनि ल यो होइन भनेर माफी माग्छ । माफी मागेछ है कान्तिपुरले पनि, ल हेर्नुस् ।’

    दाबीमा जोडिएका सामग्री: इकान्तिपुरको  लोगो (सामाजिक संजालमा स्क्रिनसट जस्तो देखिने) । लोगोसँगै लेखिएको छ- ‘सहकारी कोषबाट रबि लामिछानेले करोडौँ पैसा नलिएको र उनी निर्दोष देखिएका छन्, अहिलेसम्म गरेका हरेक पोस्टहरुमा हामी क्षमा माग्न चहान्छौँ, धन्यवाद् ’ । साथै एकजना पुरुषको दाबीसहितको आवाज सुन्न सकिन्छ ।

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक । tiktok.com/@moneychor7 प्रयोगकर्ता ।

    तथ्य: कान्तिपुर मिडियाले सामाजिक संजालबाट रबि लामिछानेले सहकारी कोषबाट करोडौँ रुपैयाँ नलिएको र उनी निर्दोष देखिएको भन्ने घारणा सार्वजनिक गरेको छैन । साथै आफ्ना पोस्टहरुप्रति क्षमा मागेको पनि मागेको छैन ।

    नतिजा: भ्रामक 

    सन्दर्भ जाँच: कान्तिपुर मिडिया ग्रुपद्वारा संचालित कान्तिपुर दैनिक लगायतका संचार माध्यमले सहकारीको रकम अपचलनमा गृह तथा उपप्रधानमन्त्री रबि लामिछानेको संलग्नता रहेको भन्दै समाचार र विचार प्रकाशन/प्रशारण गर्दै आएको छ ।

    कान्तिपुरका समाचारहरु गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रबि लामिछानेको नाम, रकम, मिति र कैफियतसहितसँग सम्बन्धित छन् । अर्कोतर्फ रबि लामिछानेले सहकारीको रकम अपचलनमा आफू निर्दोष रहेको र कान्तिपुरले निराधार आरोप लगाएको दाबी गर्दै आएका छन् ।

    यही क्रममा नागरिकता दुरुपयोग गरेको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई २०८१ जेठ ९ गते प्रहरीले पक्राउ गर्‍यो । कान्तिपुर र रबि लामिछानेबीच तनाव चलिरहेकै बेला मन्त्री लामिछानेसँग कान्तिपुरले माफी मागेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    तथ्यजाँच: दाबीसहितको आजावमा जोडिएको लोगो eKantipur को फेसबुक पेज हो । दुई मिनेट मिनेटअघि मात्रै इकान्तिपुरको फेसबुक पेजमा पोस्ट गरिएकोजस्तो देखिने ‘वाक्य’ टिकटकमा टिकटकमा फैलाइएको छ ।

    तर, eKantipur को फेसबुक पेजमा त्यस्तो कुनै ‘माफीसहितको वाक्य’ पोस्ट गरिएको पाइएन । इकान्तिपुरको आधिकारिक फेसबुक पेजलाई स्क्रिनसट गरेर उक्त तस्बिरमा ‘दाबीसहितको वाक्य’ र कुने अज्ञात आवाज जोडेर सामाजिक संजालमा फैलाइएको छ । कान्तिपुरले आफ्नो फेसबुक पेजमा रबि लामिछानेसँग माफी मागेको स्ट्याटस पोस्ट गरेको छैन ।

    अर्कतर्फ यो तथ्यजाँच गर्दैगर्दा इकान्तिपुर डटकममा अध्यक्ष सिरोहिया रिहा भएको समाचार प्रकाशित भएको छ । सो समाचारको सुरुवातमै लेखिएको छ- ‘सहकारी ठगी लगायत विषयमा श्रृंखलाबद्ध शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।’

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend