Logo

Oct 29 2026

Fact Check: सामाजिक संजालमा सन्दीपले अमेरिकाको भिसा पाएको भ्रामक दाबी

Fact Check: सामाजिक संजालमा सन्दीपले अमेरिकाको भिसा पाएको भ्रामक दाबी

  • दाबी:  ‘Finally सन्दीप लामिछानेलाई अमेरिकन एम्बेसीले दियो भिसा दिएको छ’ । ‘Finally सन्दीप लामिछानेलाई भिसा दिएको छ’ । ‘सन्दीप लामिछानेलाई अमेरिकी एम्बेसीले भिसा दिएको छ, अब उनी T20 World Cup खेल्न छिट्टै अमेरिका जानेछन्’ । 

    दाबीमा जोडिएका सामग्री: क्रिकेटर सन्दीप लामिछानेले खेल अभ्यास गरिरहेको भिडियो । उनी बोलिरहेको तस्बिरसँग जोडेर साथै अज्ञात स्क्रिनसटमा लामिछानेलाई अमेरिकन दूतावासले भिसा दिएको दाबी गरिएको छ ।

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक, tiktok.com/@lamichhane901, tiktok.com/@nepcric_25 लगायतका प्रयोगकर्ता ।

    तथ्य: आईसीसी टी–२० विश्वकप खेल्नका लागि अमेरिका जान तयार क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकन एम्बेसीले भिसा दिएको छैन । काठमाडौँस्थित अमेरिकी दूतावासले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ ।

    नतिजा: भ्रामक

    सन्दर्भ जाँच: २ जेठ २०८१ मा उच्च अदालतले बलात्कारको मुद्दामा सफाइ दिएपछि क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । सबै बाटो खुला भएपछि सन्दीपले आईसीसी टी-२० विश्वकप खेल्न अमेरिका जाने तयारी गरेका थिए ।

    तर, काठमाडौँस्थित अमेरिकी दूतावासले आफूलाई भिसा नदिएको खबर उनले सार्वजनिक गरे । यो खबर सार्वजनिक भएपछि सन्दीपका समर्थकहरु सडक प्रदर्शनमै उत्रिए । त्यसपछि सन्दीपले भिसाका लागि दोस्रो पटकसमेत आवेदन दिएका थिए । घटनाक्रमहरुका यिनै सन्दर्भमा सन्दीपलाई अमेरिकन दूतावासले भिसा दिएको दाबी गरिएको छ ।

    तथ्यजाँच: यो तथ्यजाँच प्रकाशित गरेकै दिन अमेरिकी दूतावसले सन्दीपलाई दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ ।

    अमेरिकी दूतावासले सन्दीप लामिछानेको भिसा आवेदन अस्वीकार गरेपछि अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकपमा १५ सदस्यीय नेपाली टोलीले नै निरन्तरता पाउने भएको समाचार नेपालखबर डटकमले प्रकाशित गरेका छ । यही क्रममा क्यानलेसमेत वक्तव्य जारी गरेको छ ।

     

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend