Logo

Oct 28 2026

Fact Check: ओली-बालेनको पूरानो तस्बिरमा भ्रामक दाबी

Fact Check: ओली-बालेनको पूरानो तस्बिरमा भ्रामक दाबी

  • दाबी: ‘तिमिसँग निहुँ खोज्नु मेरो गल्ती भयो मलाई माफ गरिदेउ बाबु ।’

    दाबीमा जोडिएका सामग्री: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नमस्ते गरिरहेको र काठमाडौँ महानगरका मेयर बालेन शाह उभिएको तस्बिरमा दाबीसहितको थमनेल जोडिएको छ ।  

    तथ्य: केपी शर्मा ओलीले बालेन शाहलाई ‘तिमिसँग निहुँ खोज्नु मेरो गल्ती भयो मलाई माफ गरिदेउ बाबु’ भनेका छैनन् ।  पूरानो र फरक सन्दर्भको तस्बिरको थमनेल अज्ञात वाक्यांश जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ । 

    नतिजा: भ्रामक  

       

    सन्दर्भ जाँच: २०८१ जेठ २१ गते न्युरोडको फुटपाथ विस्तारका लागि महानगरले भत्काइरहेको रोड सडक विभागले पिच गरेको थियो ।

    सोही दिन विहानै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे काठमाडौँका मेयर बालेन शाहले फेसबुकमा भ्रष्टाचारको आरोप लगाएका थिए ।

    यही दिउँसो संसद्‍मा पुगेका ओलीलाई संचारकर्मीले बालेनको आरोपबारे  प्रश्न सोधेका थिए तर उनले आक्रोशित हुँदै ‘बालेनलाई सोध्नू’ भन्ने प्रतिक्रिया दिएका थिए । यही सन्दर्भमा ओली र बालेनको तस्बिरमा दाबीसहितको वाक्यांश जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।  

    KP Sharma Oli balen.png

    तथ्यजाँच: केपी शर्मा ओली र बालेन शाहबीचको तनाब र सामाजिक संजालमा पोस्ट गरिएको तस्बिरबीच कुनै सम्बन्ध छैन । २०७९ जेठ १७ गते नेपाल प्रेस डटकम, नागरिक न्युज डटकम लगायतका संचार माध्यममा  उक्त तस्बिर प्रकाशित गरिएको थियो ।

    तस्बिरसँगै प्रकाशित समाचार अनुसार काठमाडौँ महानगरपालिकाको मतगणना चलिरहेका बेला मेयरका प्रत्याशी बालेन शाहले केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेका थिए । सोही सन्दर्भको तस्बिरलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।

    अर्कोतर्फ ‌ओलीले बालेनलाई सार्वजिक रुपमा  ‘तिमिसँग निहुँ खोज्नु मेरो गल्ती भयो मलाई माफ गरिदेउ बाबु’ भनेका छैनन् ।   

     

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend