Logo

Oct 28 2026

Fact Check: सन्दीपलाई 'आरोप लगाउने केटी' भन्दै सामाजिक संजालमा फैलाइयो असम्बन्धित भिडियो

Fact Check: सन्दीपलाई 'आरोप लगाउने केटी' भन्दै सामाजिक संजालमा फैलाइयो असम्बन्धित भिडियो

  • दाबी: ‘सन्दीप लामिछानेमाथि आरोप लगाउने केटीको बयान, सन्दीप लामिछानेमाथि आरोप लगाउने केटी ।’ 

    दाबीमा जोडिएका सामग्री: सन्दीप लामिछानेमाथि आरोप लगाउने केटी भन्दै पोस्ट गरिएको भिडियोमा एक युवतीले आफू बनात्कार भएको बताइरहेकी छन् । भिडियोमा उनले भनेकी छन्- ‘पाँच मिनेटपछि बल्लबल्ल उठ्न सकेँ अनि उठ्दाखेरी त म पूरै नेक्ट । मेरो एउटा पनि कपडा थिएन ।  भित्र लगाउने पनि कुनै थिएन । म त पूरै लुगा लगाएर सुतेको थिएँ नि त । त्यसपछि उठ्दाखेरी त्यस्तो थियो अनि त्यो होटेलको ढोका पनि खुल्लै थियो, अनि एकपछि त एकैचोटी उठ्दाखेरी ला के भयो म कहाँ छु कसरी यस्तो भयो, कल्ले यस्तो गर्‍यो भनेर म त एकछिन सक्ड भएँ हैन, एकछिन डर लाग्यो । छिट्छिटो ढोका लगाएर अनि लुगा लगाएर एकछिन सोच्दाखेरी त ए त्यो केटा थियो अनि यस्तो भको थियो भनेर मलाई याद आयो हैन ।त्यही भएन अनि पूरै त्यो पार्ट पनि सुन्निएको थियो, अनि त्यसपछि डाक्टरले स्पर्म झिक्दाखेरी पनि यस्तो भन्नुभएको- कति धेरै स्पर्म ? भनेर भन्नुभयोको थियो क्या । अनि मेरो अन्डरवयरमा पनि ब्लड थियो क्या । त्यो अन्डरवयर पनि मेडिकलको डाक्टरले राख्नुभो ।’  

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: tiktok.com/@nepalcricket99 नामक टिकटक प्रयोगकर्ता । Ramailo Nepal नामक युट्युब च्यानल । resham bc नामक युट्युब च्यानल । Akshit Gyan नामक युट्युब च्यानल । हरियो पाटी नामक फेसबुक पेज ।

    तथ्य: ‘सन्दीप लामिछानेमाथि आरोप लगाउने केटीको बयान’ भन्दै सामाजिक संजालहरुमा फैलाइएको भिडियो क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित छैन । फरक सन्दर्भको घटनाबारे बलात्कार पीडित किशोरीले संचार माध्यमलाई सुनाएको विवरणसहितको भिडियो अंशलाई क्रिकेटर सन्दीप लामिछानेसँग जोडिएको छ ।

    नतिजा: भ्रामक 

    सन्दर्भ जाँच: २०८१ जेठ २ गते  पाटन उच्च अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दियो । यसअघि सोही मुद्दामा सन्दीपलाई काडमाडौँ जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गरेको थियो ।

    पीडित किशोरीको (गौशाला २६) फाइदा उठाएर बलात्कार गरेको ठहर  गर्दै जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले सन्दिपलाई ८ वर्ष कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध उच्चले सन्दीपलाई सफाइ दिएको हो ।

    यिनै घटनाक्रमका ‘सन्दीप लामिछानेमाथि आरोप लगाउने केटीको बयान’ एउटा भिडियो सामाजिक संजालमा फैलाइएको छ ।

    तथ्यजाँच: सन्दीप लामिछालेको नामक जोड्दै दाबीसहित सामाजिक संजालहरुमा फैलाइएको भिडियो ‘गौशाला २६’ को होइन ।

    २०७९ भदौ २० गते नेपाल प्रेस डटकम (nepalpress.com) संचार माध्यमले ‘रमाइलाे गर्न नाइट क्लव जाँदा बलात्कारीकाे जालमा परेँ’ शिर्षकको सामग्री सार्वजनिक गरेको थियो ।

    उक्त सामग्रीको अन्तिममा उल्लेखित सम्पादकीय नोटमा लेखिएको छ- ‘पीडितले नेपालप्रेसको कार्यालयमा आएर सुनाएको कथा हामीले जस्ताको तस्तै पस्केका छौं । पीडितको अनुरोधमा नाम परिवर्तन गरिएको छ । घटनाका आरोपित पक्षसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन । यस घटनाका विषयमा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझ्दा जाहेरी परेको र अनुसन्धान जारी रहेको बताइयो ।’

    यसरी सन्दीप लामिछानेसँग असम्बन्धित घटनालाई सामाजिक संजालभर पोस्ट गरिएको छ । 

    Screen Shot 2025-02-11 at 10.12.44 PM.png

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend