Logo

Oct 28 2026

Fact Check: अमेरिकामा ‘सोमपालमाथि विभेद’ भएको दाबी भ्रामक

Fact Check: अमेरिकामा ‘सोमपालमाथि विभेद’ भएको दाबी भ्रामक

  • दाबी: ‘अमेरिकामा सोमपाल कामीमाथि विभेद ।’

    दाबीमा जोडिएका सामग्री: भिडियो, जहाँ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा कोच लगायतका मानिसहरु मन्दिरमा आशिर्वाद लिइरहेको दृश्य देख्न सकिन्छ । सोही भिडियोलाई आधार बनाएर ‘अमेरिकामा सोमपाल कामीमाथि विभेद’ भएको दाबीसहितका समाचार एवं धारणाहरु इन्टरनेटमा पोस्ट गरिएको छ ।

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: समाचार पोर्टल, युट्युब च्यानलहरु र व्यापक सामाजिक संजाल प्रयोगकर्ताहरु ।

    तथ्य: नेपालीहरुले अमेरिकामा स्थापना गरेको मन्दिरमा नेपाली क्रिकेटर सोमपाल कामीलाई टीका नलगाएर विभेद गरिएको भन्ने दाबीलाई कुनै तथ्यले प्रमाणित गरेन । सोमपाललाई पुजारीले टीका लगाइरहेको दृश्य मन्दिर परिसर लगाइएका सीसीटीभी क्यामराले कैद गरेका छन् ।

    नतिजा: भ्रामक 

    सन्दर्भ जाँच: आइसिसी टी-ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्नका लागि अमेरिका पुगेका नेपाली क्रिकेट खेलाडीहरु २०८१ जेठ २१ गते टेक्ससको युलेस सिटीस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार पुगेका थिए ।

    नेपाली समाजले आयोजना गरेको स्वागत कार्यक्रम अन्तर्गत क्रिकेट टीमका मुख्य कोच मोन्टी देसाइ, टीम कप्तान रोहित पाैडेल, खेलाडीहरू गुलशन झा, सोमपाल कामी लगायतले पशुपतिनाथ मन्दिरमा पुजा अर्चना गरेका थिए ।

    सोही क्रममा मन्दिरका प्रमुख पुजारी डा.शेखर पण्डित र मेघराज निरौलाले वेदको स्वस्ती वाचन गर्दै जितको शुभकामना दिएका थिए । पूजा सकिएपछि प्रसाद र टीका ग्रहण गर्दा खिचिएको भिडियोलाई आधार बनाएर  ‘सोमपाल कामीमाथि विभेद’ भएको दाबी इन्टरनेटमा फैलाइएको छ ।

    तथ्यजाँच: Multimedia नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोलाई अमेरिकामा सोमपाल कामीमाथि विभेद भएको दाबीसहित सामाजिक संजालमा सबैभन्दा धेरै फैलाइएको छ ।

    तर, यो भिडियोमा कुनै दाबी गरिएको छैन । यही भिडियोमा दाबी जोडेर इन्टरनेटमा फैलाइएको छ । यो भिडियोमा पूजा सकिएपछि कोच र खेलाडी लगायतले प्रसाद र टीका ग्रहण गरिरहेको दृश्य देख्न सकिन्छ । साथै आफूभन्दा अगाडि सबैले टीका ग्रहण गर्दा सोमपाल कामीलाई भने प्रसाद मात्र दिइन्छ । उनीपछि अरुले पनि टीका र प्रसाद ग्रहण गर्छन् ।

    यही क्रममा Nepal Tube र Himalaya Khabar नामक युट्युब च्यानलले उक्त पूजा स्थलको सीसीटीभी फूटेज सार्वजनिक गरेका छन् । ती फूटेजहरुमा सोमपाल कामीलाई मन्दिरका पुजारीहरुले टीका ग्रहण गराएको दृश्य देख्न सकिन्छ । 

    Sompal kaami in USA.png

     

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend