Logo

Oct 28 2026

Fact Check: सन्दीप लामिछानेको भिसा विवादलाई जोडेर भ्रामक दाबी, चतुरबहादुर चन्द र पारस खड्का दोषी हुन्?

Fact Check: सन्दीप लामिछानेको भिसा विवादलाई जोडेर भ्रामक दाबी, चतुरबहादुर चन्द र पारस खड्का दोषी हुन्?

  • दाबी: ‘सन्दीप लामिछानेलाई भिसा नदिनुको मुख्य दोषी पारस खड्का र चतुरबहादुर चन्द 100 % ।’ 

    दाबीमा जोडिएका सामग्री: आइसीसी टी-२० विश्वकप प्रतियोगिताको नेपाली टोलीसँग सम्बन्धित खेल तालिका र सन्दीप लामिछानेका केही तस्बिर जोडिएको छ । उक्त तस्बिरको थमनेलमा सन्दीप लामिछानेले भिसा नपाउनुको मुख्य दोषी नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिब पारस खड्का रहेको दाबी गरिएको छ । 

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: खेल पत्रकार नविन अर्याल र tiktok.com/@bibabahadurrai, tiktok.com/@aayushxtree106 लगायतका टिकटक प्रयोगकर्ता ।  

    तथ्य: क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँस्थित अमेरिकाकी दूतावासले भिसा नदिनुमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष ‘चतुरबहादुर चन्द र सचिब पारस खड्का मुख्य दोषी रहेको’ दाबी कुनैपनि तथ्य-प्रमाणले पुष्टि गर्दैन । अर्कोतर्फ सन्दीप आफैले आफ्नो भिसा सम्बन्धी झूटा प्रचारको पछि नलाग्न अपीलसमेत गरेका छन् ।     

    नतिजा: भ्रामक 

    सन्दर्भ जाँच: काठमाडौँस्थित अमेरिकी दूतावनसले भिसा नदिएपछि क्रिकेटर सन्दीप लामिछानेले आइसीसी टी-२० विश्वकप प्रतियोगिताको पहिलो खेल गुमाए ।

    सन्दीपले २ जेठ २०८१ मा उच्च अदालतबाट बलात्कारको मुद्दामा सफाइ पाएपछि आइसीसी टी-२० विश्वकप खेल्न अमेरिका जाने तयारी गरेका थिए । तर, काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीप लामिछानेको भिसा आवेदन दुईपटक अस्वीकार गरेको थियो ।

    सोही सन्दर्भमा खेल पत्रकार तथा लेखक नविन अर्यालले Hulak News लाई अन्तर्वार्ता दिँदै आफ्नो धारणा सार्वजनिक गरेका थिए । 

    सामाजिक संजालमा उक्त अन्तर्वार्ताको शिर्षक राखिएको छ- ‘सन्दीप लामिछानेलाई भिसा नदिनुको मुख्य दोषी पारस खड्का र चतुरबहादुर चन्द’ । यही शिर्षकलाई सामाजिक संजालमा फैलाइएको छ ।   

    तथ्यजाँच: सन्दीप लामिछाने आइसीसी टी-२० विश्वकप खेल्न वेस्ट-इन्डिज पुगेको खबर bbc लगायतका संचार माध्यमले प्रकाशित गरेका छन् । साथै नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै वेस्ट-इन्डिजमा हुने दुईवटा खेलमा सन्दीपसमेत सहभागि हुने जानकारी दिएको छ ।

    यही सन्दर्भमा सन्दीपले लामो फेसबुक स्ट्याटस लेखेका छन् । उनको स्ट्याटसलाई आधार बनाएर khelpati.com ले समाचारमा लेखेको छ- ‘स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितको निरन्तर प्रयासले ट्वान्टी-२० विश्वकपमा सहभागी हुन सम्भव भएको भन्दै ‘झूटा प्रचारको पछाडि नलाग्न’ आग्रह गरेका छन् ।’

    सन्दीपले फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै चतुरबहादुर चन्द र पारस खड्का जस्ता महत्वपूर्ण व्यक्तित्वहरूको कारण क्रिकेटमा आफ्नो पुनरागमन सम्भव भएको प्रष्ट पारेका छन् ।

    सन्दीपले फेसबुकमा लेखेको एउटा अंश यस्तो छ- ‘I am disheartened to see the deliberate image-tarnishing of the important figures like Chatur Sir and Paras Dai, who made my comeback possible. Please don’t follow all the false propaganda surrounding my visa issues that people are using to tarnish CAN and Nepal Cricket’s image.’

     

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend