Logo

Oct 28 2026

Fact Check: जाजरकोट जिल्ला भन्दै सामाजिक संजालमा पाकिस्तानको भिडियो भाइरल

Fact Check: जाजरकोट जिल्ला भन्दै सामाजिक संजालमा पाकिस्तानको भिडियो भाइरल

  • दाबी: नेपाल, जिल्ला जाजरकोट २०८१ जेठ ३१ गते आजको (बाढी आएको भिडियो)

    दाबीमा जोडिएका सामग्री: एउटा भिडियो जोडिएको छ, एउटा नदिमा भयानक बाढी आएको दृश्य देख्न सकिन्छ । सोही भिडियोको थमनेलमा जाजरकोट २०८१ जेठ ३१ गते भन्ने वाक्यांश लेखिएको छ । 

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक पोस्ट, https://www.tiktok.com/@sanjay_sahani31 नामक प्रयोगकर्ता ।

    तथ्य: दाबीसहितको भिडियोमा देखिने दृश्य जाजरकोट जिल्ला वा नेपालसँग नै सम्बन्धित छैन । २०२२ मा पाकिस्तानको स्वात भ्यालीमा ठूलो बाढी आएको थियो । सोही सन्दर्भमा स्वात भ्यालीस्थित मडियन पुल वरिपरीको दृश्य (Swat Valley, Madyan Bridge, Pakistan) भाइरल भएको थियो, पछिल्लो समय यही दृश्यलाई जाजरकोट भन्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    नतिजा: भ्रामक 

     

    सन्दर्भ जाँच

    नेपालमा मनसुन प्रवेश गरिसकेको छ तर अधिकांश भूभागमा वर्षा भएको छ । यही सन्दर्भमा ‘नेपाल, जिल्ला जाजरकोट २०८१ जेठ ३१ गते आजको’ भन्दै एउटा नदिमा भयानक बाढी आएको दृश्य सामाजिक संजालमा फैलाइएको छ । अघिल्ला वर्षहरुमा मनसुन भित्रिएसँगै हुने वर्षाका करण नेपालका विभिन्न जिल्लामा बाढीपहिरोजन्य विपत्ति निम्निने गरेका छन् । यस वर्ष पनि बाढी पहिरोजन्य विपत्तिहरु निम्तिन सुरु भइसकेको छ । तर पछिल्लो समय कारण जाजरकोट जिल्लामा भयानक बाढी आएको छैन । 

    तथ्यजाँच     

    दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियो जाजरकोट जिल्लासँग सम्बन्धित नभएको प्रष्ट भएपछि हामीले जाँचका विभिन्न विधी प्रयोग गर्‍यौँ ।

    businessinsider.com नामक वेबसाइटमा एउटा समाचार भेटियो, उक्त समाचार अनुसार पाकिस्तानमा २०२२ को बाढीले ठूलो जनधनको क्षति गरेको छ । सोही समाचारमा लिंक गरिएको सामाजिक संजालको एउटा भिडियो नेपालमा फैलाइएको दृश्यसँग मिल्दो छ । उक्त भिडियोसँगै ‘Madyan Bridge’  पनि लेखिएको छ ।

     

    यही क्रममा SAMAA TV नामक च्यानलमा पोस्ट गरिएको भिडियोमा पनि सोही सन्दर्भको रिपोर्ट छ । उक्त रिपोर्टमा रिपोर्टरले Swat Valley स्थित Madyan Bridge को दृश्य देखाएका छन् । यो भिडियोलाई राम्ररी नियाल्दा नेपालमा फैलाइएको दृश्यसँग मिल्दो छ । 

    google map मा Swat Valley, Madyan Bridge बारे जाँच गर्दा बाढीका दृश्यहरु त फेला परेनन् । नेपालमा फैलाइएको दृश्यसँग मिल्दो भूबनोटसहितको क्षेत्रको तस्बिर फेला परेका छन् । हेर्नुहोस् तस्बर  

    त्यस्तै Nainvidfactory.512 र pakmohmand627 नामक युट्युब च्यानलमा छोटा भिडियोहरु पोस्ट गरिएको छ, जसलाई Swat Valley, Madyan Bridge वरिपरिका क्षेत्रका रुपमा चिनाइएको छ । यी भिडियोहरु भिडियो नेपालमा फैलाइएका दृश्यसँग दुरुस्तै मिलेका छन् । 

    अन्तिमलाई हामीले earth.google मा Swat Valley, Madyan Bridge को दृश्य नियाल्यौँ । earth.google मा देखिएको दृश्य र जाजरकोट जिल्ला भन्दै सामाजिक संजालमा फैलाइएको दृश्य दुरुस्तै मिलेको छ । 

    यी तथ्यहरुबाट नेपालमा फैलाइएको दाबीसहितको दृश्य नेपालको होइन भन्ने प्रमाणित हुन् । २०२२ मा स्वात भ्यालीमा बाढीको ठूलो विपत्ति निम्तिएको थियो ।

    सोही क्रममा खिचिएको मडियन पुल वरिपरीको (Swat Valley, Madyan Bridge, Pakistan) दृश्यलाई जाजरकोट भन्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।  

     

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend