Logo

Oct 28 2026

Fact Check: बहराइनको भिडियो, कुवेतको आगलागीसँग जोड्दै इन्टरनेटमा फैलाइयो

Fact Check: बहराइनको भिडियो, कुवेतको आगलागीसँग जोड्दै इन्टरनेटमा फैलाइयो

  • दाबी: भिडियो (कुवेतको मङ्गाफमा भीषण आगलागी) । 

    दाबीमा जोडिएका सामग्री: इन्टरनेटमा एउटा भिडियो फैलिरहेको छ, उक्त भिडियोमा एउटा ठूलो भवन र वरिपरिको क्षेत्रमा भीषण आगलागी भइरहेको देखिन्छ । साथै आगलागी भइरहेको भवनको छतमाथि एकजना व्यक्ति छट्पटाइरहेका छन् । भिडियोसँगै कुवेतको मङ्गाफमा भीषण आगलागी भएको र नेपालीसमेत घाइते भएको जानकारी जोडिएको छ ।    

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: फेसबुक- रग बहादुर साउद, Manakamanaupdate.com लगायतका प्रयोगकर्ता । टिकटक- tiktok.com/@sarita Rai, tiktok.com/@bijayalama026 लगायतका प्रयोगकर्ता । अन्य सामाजिक संजाल एवं इन्टरनेटभर फैलिएको भेटियो ।

    के हो तथ्य: कुवेतको मङ्गाफमा भीषण आगलागी भएको जानकारीसहित इन्टरनेटमा फैलाइएको भिडियो अंश कुवेतको आगलागीसँग सम्बन्धित छैन । केही दिनअघि बहराइनको राजधानी सौक मनामा ठूलो आगलागी भएको थियो, सोही आगलागीको भिडियोलाई कुवेतको आगलागीसँग जोड्दै इन्टरनेटमा फैलाइएको छ ।  

    नतिजा: भ्रामक 

    सन्दर्भ जाँच

    २०२४ जुन १२ मा कुवेतको दक्षिणी शहर मङ्गाफस्थित विदेशी कामदार राखिएको आवासीय भवनमा खतरनाक आगलागी भएको थियो । CNN का अनुसार आगलागीमा परी कम्तिमा ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

    उक्त आगलागीमा नेपाली नागरिकले ज्यान गुमाएका छैनन् । तर, केही नेपाली कामदारले आवासीय भवनको झ्यालबाट हाम्फालेर ज्यान जोगाएको समाचार संचार माध्यमले प्रकाशित भएको छन् ।

    कुवेत आगलागीकै सन्दर्भमा एउटा ठूलो भवन तथा वरिपरिको क्षेत्रमा आगो लागिरहेको र भवनको छतमाथि एकजना व्यक्ति छट्पटाइरहेको दृश्य इन्टरनेटमा फैलाइएको छ ।

    तथ्यजाँच  

    २०२४ जुन १२ बहराइनको राजधानीस्थित सौक मनामा ठूलो आगलागी भएको थियो । कुवेतको मङ्गाफमा पनि सोही दिन आगलागी भएको हो ।

    सौक मनामाका २५ भन्दा बढी पसलहरू ध्वस्त भएको समाचार Gulf News ले प्रकाशित गरेको छ । समाचार अनुसार उक्त आगो एउटा अग्लो आवासीय भवनबाट वरिपरि एवं व्यापारिक क्षेत्रमा फैलिएको थियो ।

    यही सन्दर्भमा NEWS OF BAHRAIN नामक युट्युब च्यानलमा आगलागीको भिडियो पोस्ट गरिएको छ । उक्त भिडियो ‘Heros In Action: Bahrain Civil Defence Team Save Lives What happened at the Manama Souq?’  शिर्षकसहित पोस्ट गरिएको छ । त्यस्तै JABED ISLAM नामक युट्युब च्यानलमा पनि उस्तै देखिने भिडियो पोस्ट गरिएको छ ।

    यी दुई भिडियो र दाबीसहितको दृश्यबीच धेरै समानता देखिन्छ । तर, फेला परेका भिडियो कुवेतको आगलागीसँग सम्बन्धित छैनन्, बहराइनस्थित सौक मनामाको आगलागीसँग सम्बन्धित छन् ।    

    Fire.png

    आगलागी भएको भवनको छतमाथि एकजना व्यक्ति छट्पटाइरहेको दृश्य भिडियोमा देख्न सकिन्छ । भवनमाथि फसेका व्यक्तिलाई बहराइनको द सिभिल डिफेन्सको टीमले जाँच घण्टापछि पानी ट्याङ्कीबाट उद्दार गरेको समाचार newsofbahrain.com ले प्रकाशित गरेको छ ।

    फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने कुवेतको मङ्गाफमा भीषण आगलागी भएको जानकारीसँगै सामाजिक संजालमा फैलाइएको भिडियो कुवेतको आगलागीसँग सम्बन्धित छैन । बहराइनमा आगलागी भएको घटनासँग सम्बन्धित भिडियोलाई कुवेतको घटनासँग जोडिएको छ ।

         

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend