Logo

Oct 28 2026

Fact Check: गृहमन्त्री रबि लामिछानेसँग ऋषि धमालाले माफी मागेका हुन्?

Fact Check: गृहमन्त्री रबि लामिछानेसँग ऋषि धमालाले माफी मागेका हुन्?

  • दाबी: रबिसँग माफी माग्दै ऋषि धमालाले भने- अब गल्ती गर्दिनँ, म पनि मान्छे हु रबिजी, हेर्नुहोस्

    दाबीमा जोडिएका सामग्री: पत्रकार ऋषि धमलाले भाषण गरिरहेको एउटा भिडियो, जसमा गृहमन्त्री रबि लामिछानेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्री तथा नेताहरु देख्न सकिन्छ । सोही भिडियोको थमनेल तथा शिर्षकमा ऋषि धमलाले रबिसँग माफी मागेको दाबीसहितको वाक्यांश लेखिएको छ । 

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@devbohara00 प्रयोगकर्ता । युट्युब- Right Sanchar च्यानल ।

    के हो तथ्य: पत्रकार ऋषि धमलाले गृहमन्त्री रबि लामिछाने समक्ष माफी मागेका छैनन् । क्याफोडेट कलेजको एउटा कार्यक्रममा भाषण गर्दै ऋषि धमलाले कलेजका अध्यक्ष (पाण्डे सर) को प्रशंसा गरेका थिए । साथै उनले कलेजका गुरुहरु समक्ष विगतमा आफूबाट गल्ती-कमजोरी भएपनि ‘कलेजमा आइसकेपछि आजबाट गल्ती गर्दिनँ’ भन्ने संकल्प गरेको घोषणा गरेका थिए ।

    नतिजा: भ्रामक 

    सन्दर्भ जाँच 

    २०८१ असार १ गते क्याफोडेट कलेजमा एउटा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अतिथी वक्ताका रुपमा चर्चित पत्रकार ऋषि धमलालाई बोलाइएको थियो ।

    कार्यक्रममा कलेजका विद्यार्थी एवं गुरुहरु समक्ष ऋषि धमलाले सम्बोधन गरेका थिए । सोही सन्दर्भको भिडियोमा ऋषि धमलाले गृहमन्त्री रबि लामिछानेसँग माफी मागेको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ ।   

    तथ्यजाँच  

    क्याफोडेट कलेजमा पत्रकार ऋषि धमलाले भाषण गरेको भिडियो Prime Times HD ले युट्युब च्यानलमा पोस्ट गरेको छ । उक्त मूल भिडियोमा न गृहमन्त्री रबि लामिछाने देखिएका छन् न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्री तथा नेताहरु ।

    किनकि उक्त कलेजको कार्यक्रममा गृहमन्त्री रबि लामिछाने पुगेका थिएनन् ।  क्याफोडेट कलेजमा ऋषि धमलाले गरेको भाषणको भिडियोलाई इडिटगरी गृहमन्त्री रबि लामिछाने लगायतका नेताहरु देखिने अर्को सन्दर्भको भिडियोलाई जोडिएको छ ।

    अर्कोतर्फ कलेजको कार्यक्रममा ऋषि धमलाले गृहमन्त्री रबि लामिछानेसँग माफी पनि मागेका छैनन् । भाषणमा ऋषि धमलाले काठमाडौँ महानगरका मेयर बालेन शाहको प्रसंसा गरेका थिए । तर, रबि लामिछानेको नाम नै लिएका थिएनन् ।

    धमलाले कलेजका गुरु-विद्यार्थी समक्ष विगतमा आफूबाट गल्ती-कमजोरी भएपनि ‘कलेजमा आइसकेपछि आजबाट गल्ती गर्दिनँ’ भन्ने संकल्प गर्दै भनेका थिए-  ‘म गुरुहरुलाई आग्रह गर्न चहान्छु, यहाँ अगाडि बस्नुहुने सम्पूर्ण गुरुहरुलाई । मान्छेको सबभन्दा राम्रो कुरा एउटा संस्कार हो, अनुशासन हो । यदि मान्छे कोशी असल बन्न सक्छ भने त्यो अनुशासनले मात्रै हो । त्यसैले यहाँहरु सबैलाई म आज, विद्यार्थी साथीहरुलाई आग्रह गर्न चहान्छु, मेरा पनि विगतमा धेरै गल्ती-कमजोरी भए होला, म भगवान होइन म पनि मानवै हो । तर मैले एउटा उद्द्धोष गरेको छु, एउटा संकल्प गरेको छु । आजबाट यो कलेजमा आइसकेपछि अब म गल्ती गर्दिनँ ।’    

    Rishi Dhamala.png

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend