Logo

Oct 28 2026

Fact Check: गगन थापाले ५० करोड भ्रष्टाचार गरेको पुष्टि भएको हो? फैलियो अपुष्ट दाबी

Fact Check: गगन थापाले ५० करोड भ्रष्टाचार गरेको पुष्टि भएको हो? फैलियो अपुष्ट दाबी

  • दाबी: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ५० करोड रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि, चाँडै नै पक्राउ पर्दै ।

    दाबीमा जोडिएका सामग्री: पूर्वमन्त्री गगन थापाका केही तस्बिर, जसमा थमनेल र एउटा अडियो जोडिएको छ । उक्त अडियोमा भनिएको छ- गगन थापा पक्राउ पर्दै, ५० करोड रुपैयाँ प्रष्टाचार गरेको पुष्टि गगन थापाले…।

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@sarumagar1010 लगायतका प्रयोगकर्ता ।

    के हो तथ्य: नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले ५० करोड रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको र उनी छिट्टै जेल जान लागेको दाबी कुनैपनि तथ्यबाट प्रमाणित भएन । 

    नतिजा: भ्रामक 

    सन्दर्भ जाँच 

    २०७३ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषद्मा गगन थापा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए । पछिल्लो समय नेपाली कांग्रसका महामन्त्री रहेका गगन थापाबारे सामाजिक संजालमा केही अपुष्ट दाबी गरिएका छन् ।

    राजकुमार तिमिल्सिना नामक व्यक्तिले Nari TV Nepal, Nepal One HD  लगायतमा अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ताहरुमा राजकुमार तिमिल्सिनाले गगन थापा मन्त्री भएका बेला कराेडौँ भ्रष्टाचार गरेको दाबी गरेका छन् ।

    यिनै अन्तर्वार्ताहरुलाई आधार बनाएर गगन थापाले ५० करोड रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको र उनी चाँडै नै पक्राउ पर्ने दाबी सामाजिक संजालमा गरिएको छ । 

    तथ्यजाँच

    गगन थापाले करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्ने राजकुमार तिमिल्सिना विवादित व्यक्ति हुन् । यसअघि उनले सिधाकुरा (sidhakura.com) उपलब्ध गराएको अडियो विवादित भइसकेको छ । 

    सोही अडियोलाई आधार बनाएर सिधाकुराले अदालतका न्यायाधीश, वकिल र मिडिया सञ्चालकहरूविरुद्ध विभिन्न आरोपसहितको समाचाार प्रकाशन गरेको थियो । उक्त अडियोको छानविन गर्न सर्वोच्च अदालतको आदेश दिएपछि साइबर ब्युरोका प्रमुख डिआइजी नविन्द अर्यालको नेतृत्वमा छानबिन समिति बनेको थियो ।

    सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेपनि केही संचार माध्यमले छानबिन समितिको रिपोर्टको निष्कर्ष सार्वजनिक गरेका छन् ।

       

    संचार माध्यमलाई अडियो उपलब्ध गराउनले राजकुमार तिमिल्सिनाले नै पछिल्लो समय गगन थापाले करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउन थालेका छन् । तर, उनको आरोपलाई प्रमाणित गर्ने कुनैपनि तथ्य-प्रमाण सार्वजनिक भएको छैन ।

    अर्कोतर्फ कुनैपनि निकायले अहिलेसम्म गगन थापाले ५० करोड भ्रष्टाचार गरेको पुष्टि गरेको छैन । न सोही आरोपका कारण थापालाई पक्राउ गर्न कुनै अदालतले आदेश दिएको छ ।  

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend