Logo

Oct 28 2026

Fact Check: २०७२ को सीसीटीभी फुटेजमा लेखियो जाजरकोट भूकम्प २०८१

Fact Check: २०७२ को सीसीटीभी फुटेजमा लेखियो जाजरकोट भूकम्प २०८१

  • दाबी: जाजरकोट केन्द्र बनाएर ६.७ रेक्टरको भूकम्प । २०८१ असार ७ गते (भिडियोसहित)

    दाबीमा जोडिएका सामग्री: एउटा भिडियो, जसमा मानिसहरु चिच्याइरहेका, रोइरहेका देखिन्छ । साथै सडक र वरिपरीका भवन हल्लिएपछि मानिसहरु आत्तिएको देख्न सकिन्छ । सोही भिडियोको थमनेलमा यही असारको पहिलो हप्ता जाजरकोट केन्द्रबिन्दू बनाएर ६.७ रेक्टरको भूकम्प भएको दाबी गरिएको छ ।

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@kingarjun71 प्रयोगकर्ता । 

    के हो तथ्य: पछिल्लो समय जाजरकोटमा कुनैपनि किसिमको भूकम्प मापन गरिएको छैन । सन् २०१५ को महाभूकम्प गएका बेला काठमाडौँको सीसीटीभी क्यामराले कैद गरेको दृश्यलाई जाजरकोट भन्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    नतिजा: भ्रामक

    सन्दर्भ जाँच: जाजरकोटमा कहिले गयो भूकम्प? 

    नेपाल सरकारको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक अनुसार पछिल्लो ५ महिनामा नेपालभित्रका ६ वटा स्थानलाई केन्द्रबिन्दू बनाएर मध्यम स्तरका भूकम्प गएका छन् । तर, यो अवधिमा जाजरकोटमा कुनैपनि भूकम्प मापन गरिएको छैन ।

    यसअघि २०८० कार्तिक १७ गते राति जाजरकोटमा केन्द्रबिन्दू भई भूकम्प गएको थियो । बिबिसी नेपाली (bbc.com/nepali) का अनुसार जाजरकोटमा गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । तर, वर्तमान समयमा दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो र आठ महिनाअघिको जाजरकोट भूकम्पबीच कुनै सम्बन्ध छैन ।

    तथ्यजाँच: काठमाडौँको सीसीटीभी भिडियोलाई भनियो जाजरकोट 

    Kantipur TV HD ले २४ अप्रिल २०१५ को भूकम्प भन्दै युट्युबमा एउटा भिडियो पोस्ट गरेको छ । २०१५ मै पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ-  ‘भूकम्पको बेला थापाथलीको सीसीटीभी फुटेज’ (CCTV footage of Thapathali during Earthquake on 25 April 2015) ।  यही भिडियोलाई २०८१ असार ७ गते जाजरकोटमा ६.७ रेक्टरको भूकम्प गयो भन्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    https://www.youtube.com/watch?v=VCvHSBFvQew  

    तर, यो भिडियो जाजरकोट जिल्लासँग सम्बन्धित छैन । २०७२ (सन् २५ अप्रिल २०१५) सालमा गोरखा जिल्लास्थित बारपाक केन्द्रबिन्दू बनाएर ठूलो भूकम्प गएको थियो, जसलाई महाभूकम्पका रुपमा पनि चिनिन्छ । उक्त विपत्तिबाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको थियो । सोही महाभूकम्प गइरहेका बेला काठमाडौँस्थित थापाथलीको एउटा सीसीटीभी क्यामरामा सडकको दृश्य कैद भएको थियो । उक्त दृश्यलाई वर्तमान समयमा जाजरकोट भन्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend