Logo

Oct 28 2026

Fact Check: निर्मला पन्त बलात्कार र हत्या घटनासँग प्रतीक थापालाई जोड्दै भ्रामक दाबी

Fact Check: निर्मला पन्त बलात्कार र हत्या घटनासँग प्रतीक थापालाई जोड्दै भ्रामक दाबी

  • दाबी: निर्मला पन्त प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा पक्राउ । प्रतीक थापालाई २० वर्ष जेल, अदालतको फैसला हेर्नस् । 

    दाबीमा जोडिएका सामग्री: केही तस्बिरहरु, जसमा निर्मला पन्त र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको तस्बिरसमेत जोडिएको छ । ती तस्बिरहरुसँगै निर्मला पन्त प्रकरणमा प्रतीक थापा पक्राउ परेको र अदालतले उनलाई २० वर्ष जेल सजायको फैसला गरेको विवरण लेखिएको छ ।   

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@bhim_nepal प्रयोगकर्ता ।

    के हो वास्तविकता: लामो समय पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा थिए । तर, निर्मला पन्त बलात्कार र हत्याकाण्डमा प्रतीक थापाविरुद्ध कुनैपनि अभियोग लागेको छैन ।  

    नतिजा: भ्रामक

     

    सन्दर्भ जाँच: निर्मला पन्तको बलात्कार र हत्या

    २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । अघिल्लो दिन बेलुकाबाट हराएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो । सो घटनाको दोषी अहिलेसम्म पत्ता लगेको छैन । निर्मला पन्तको बलात्कार र हत्याको घटनामा नेपाल प्रहरीले छानविन जारी नै राखेको छ ।  छानबिन समितिको नेतृत्व भने परिवर्तन भइरहेको छ । तर, कुनै नयाँ तथ्य सार्वजनिक भएको छैन । यही सन्दर्भमा निर्मला पन्त प्रकरणमा प्रतीक थापा पक्राउ परेको र अदालतले उनलाई २० वर्ष जेल सजाय दिएको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    तथ्यजाँच: निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रतीक थापा पक्राउ परेका होइनन्  

    २०८०  वैशाख २० गते पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, यो पुर्जी निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा नभई नक्कली भुटानी शरणार्थी प्रकरण छनविनका लागि जारी भएको हो । जिल्ला अदालत काठमाडौँले थापाविरूद्ध पक्राउ पुर्जी जारी गरेको एक वर्षभन्दा बढी भइसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने प्रलोभनमा ठगी गर्ने गिरोहबारे सबैभन्दा पहिले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेको थियो । सोही अनुसन्धानमा प्रतीक थापाको नाम पनि आएको हो ।  अर्कोतर्फ नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा प्रहरीको गिरफ्तबाट फरार रहेपनि उनीविरुद्ध कुनैपनि अदालतले २० वर्ष जेल सजाय सुनाएको छैन ।     *अपडेट १)  यो सामग्री प्रकाशित भएको केही समयपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतीक थापा प्रहरीको गिरफ्तमा परेका छन् । निमित्त प्रहरी महानिरीक्षक (एआईजी) दीपक थापालाई उदृत गर्दै संचार माध्यमले प्रतीक थापालाई काठमाडौँको बौद्धबाट प्रकाउ गरिएको जानकारी दिएका छन् ।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend