Logo

Oct 28 2026

Fact Check: यो भिडियो नागढुङ्गा सुरुङमार्गको होइन, पोर्चुगलको हो

Fact Check: यो भिडियो नागढुङ्गा सुरुङमार्गको होइन, पोर्चुगलको हो

  • दाबी: नागढुङ्गा-काठमाडौँ सुरुङमार्ग, ५ मिनेटमा काठमाडौँ (भिडियो)

    दाबीमा जोडिएका सामग्री: एउटा भिडियो, जसमा अत्याधुनिक सुरक्षा र सुविधा सहितको सुरुङमार्ग देख्न सकिन्छ । उक्त सुरुङमार्गमा सवारीसाधनहरु प्रवेश गरिरहेका छन् । सोही भिडियोमा ‘नागढुङ्गा-काठमाडौँ सुरुङमार्ग’ र ‘पाँच मिनेटमा काठमाडौँ’ लेखिएको छ ।

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@cva.khadka7 नामक प्रयोगकर्ता ।

    के हो वास्तविकता: ‘नागढुङ्गा-काठमाडौँ सुरुङमार्ग’ भन्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियो नेपालसँग सम्बन्धित छैन । पोर्चुगलको ‘ग्रिलो टनेल’ नामक सुरुङमार्ग नेपालको राजधानी काठमाडौँसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    नतिजा: भ्रामक

    काठमाडौँसँग जोड्दै सामाजिक संजालमा गरिएको पोस्ट । 

     


     

    सन्दर्भ जाँच: के नागढुङ्गा सुरुङमार्गमा सवारीसाधन चलेका छन्? 

    २०८१ वैशाख ३ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ब्रेक थ्रु गरेका थिए । २६८८ मिटर लामो यो सुरुङमार्गले धादिङको सिस्नेखोलालाई काठमाडौँस्थि चन्द्रागिरि नगरपालिका जोड्छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ब्रेक थ्रु भएपनि संचालनमा आएको छैन । 

    नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजनालाई उदृत गर्दै सुरुङबाट सवारीसाधन संचालन गर्न अरु एक वर्ष लाग्ने जानकारीसहितको सामाचार संचार माध्यमले प्रकाशित गरेका छन् । नागढुङ्गा सुरुङमार्ग संचालन नै नभएको अवस्थामा एउटा भिडियो र दाबीसहितका वाक्यांशलाई सामाजिक संजालमा पोस्ट गरिएको छ । 

    तथ्यजाँच: पोर्चुगलको सुरुङमार्गलाई काठमाडौँसँग जोडियो   

    पोर्चुगलस्थित ‘ग्रिलो टनेल’ सुरुङमार्गसँग सम्बन्धित भिडियोलाई ‘नागढुङ्गा-काठमाडौँ सुरुङमार्ग’ भन्दै सामाजिक संजालमा पोस्ट गरिएको छ । jornaleconomico.sapo.pt र infraestruturasdeportugal.pt वेबसाइटमा प्रकाशित समाचार र तस्बिर ‘ग्रिलो टनेल’ सुरुङमार्गसँग सम्बन्धित छन् ।

     

     

     

    पोर्चुगलको सुरुङमार्गका तस्बिरहरु


     

    दुबै वेबसाइटमा उल्लेख गरिएका तस्बिर र दाबीसहितको भिडियोमा देखिने दृश्यसँग धेरै समानता छ । ‘ग्रिलो टनेल’ पोर्चुगलस्थित ग्रेटर लिस्बन क्षेत्रमा निर्माण गरिएको सुरुङमार्ग हो ।

    पोर्चुगलको सुरुङमार्गलाई गुगल स्ट्रीट भ्युमा जाँच गर्दा दाबीसहितको भिडियोसँग मिल्दो दृश्य फेला गरेको छ । यस तथ्यले पुष्टि गर्छ कि ‘नागढुङ्गा-काठमाडौँ सुरुङमार्ग’ भन्दै पोस्ट गरिएको भिडियो नेपालको नभई पोर्चुगलको ‘ग्रिलो टनेल’ हो ।  

     

    पोर्चुगलको सुरुङमार्गलाई देखाउने गुगल स्ट्रीट भ्युमा जाँच

     

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend