दाबी: वर्षाका कारण पहिरो खस्दै, एउटा गाडीमा ठूलो क्षति सयौँ यात्रु अलपत्र । मुग्लिन चितवनबीचमा ठूलो पहिरो (भिडियो)
दाबीमा जोडिएका सामग्री: एउटा भिडियो, जसमा गाडीहरु गुडिरहेका बेला सडकमै पहिरो खसेको दृश्य जोडिएको छ । सोही भिडियोको क्याप्सनमा मुग्लिन चितवनबीचमा ठूलो पहिरो खसेको दाबी गरिएको छ ।
दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक-tiktok.com/@gopaldahal210 प्रयोगकर्ता ।
के हो वास्तविकता: २०२४ जुलाई ६ मा पोस्ट गरिएको पहिरोको भिडियो वर्तमान सन्दर्भसँग सम्बन्धित छैन । पुरानो घटनासँग सम्बन्धित भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
नतिजा: पुरानो भिडियो

सन्दर्भ जाँच: नारायणगढ–मुग्लिन सडकमा पहिरो
२०८१ सालको वर्षायाम सुरु भएसँगै नेपालमा बाढी पहिरोका घटनाहरु घट्न थालेका छन् । यही क्रममा यो वर्ष पनि नारायणगढ-मुग्लिन सडकखण्डमा विभिन्न समस्या आउन थालेका छन् । उक्त सडकमा हरेक वर्ष झैँ यस वर्षपनि पहिरो खस्नेक्रम सुरु भएको समाचार प्रकाशित भएका छन् ।
नारायणगढ–मुग्लिन सडकमा यस वर्षपनि पहिरोजन्य घटनाहरु घट्ने अनुमानसहित सम्बन्धितले पूर्वतयारी उद्दार एवं अवरुद्ध सडक खुलाउने उपकरण तयार राखेको छ । यही सन्दर्भमा मुग्लिन सडकमा ठूलो पहिरो गएको दाबीसहित सामाजिक संजालमा एउटा भिडियो पोस्ट गरिएको छ ।
तथ्यजाँच: नारायणगढ–मुग्लिन सडकको पुरानो भिडियो
६ जुलाई २०२१ मा Narayani TV युट्युब च्यानलमा पोस्ट एउटा भिडियो पोस्ट गरिएको थियो । उक्त भिडियोमा सडकमै पहिरो खसेको र उक्त पहिरोमा गाडी च्यापिएको दृश्य जोडिएको छ ।
https://www.youtube.com/watch?v=M-HoWAUNgB8
यही भिडियोको एउटा अंशलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । अर्कोतर्फ सोही भिडियो ६ जुलाई २०२१ मै Raju Chaudhary नामक युट्युब च्यानलमा पोस्ट गरिएको छ । भिडियोको शिर्षक छ- Exclusive हेर्दा हेर्दै मुग्लिन सडक खण्डमा पहिरोले गाडी पुरियो, Muglin Road । यो भिडियोमा पनि माथि उल्लेखित दृश्य नै देख्न सकिन्छ ।
