Logo

Oct 28 2026

Fact Check: आजका पत्रपत्रिकाहरुको मुख्य पृष्ठ भन्दै पोस्ट गरिएको तस्बिर, अहिलेको होइन

Fact Check: आजका पत्रपत्रिकाहरुको मुख्य पृष्ठ भन्दै पोस्ट गरिएको तस्बिर, अहिलेको होइन

  • दाबी: आजका पत्रपत्रिकाहरुमा मुख्य पृष्ठ । भोलि असार २९ देखि देशको प्रधानमन्त्री ।

    दाबीमा जोडिएका सामग्री: एउटा तस्बिर, जसमा नेपालबाट प्रकाशित हुने पत्रपत्रिकाहरु देख्न सकिन्छ । ती पत्रपत्रिकामा केपी शर्मा ओलीको तस्बिर सहितका ठुला विज्ञापनहरु छापिएका छन् । सोही तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘भोलि असार २९ गतेदेखि देशको प्रधानमन्त्री ।’

    दाबी भेटिएको माध्यम/मिति/दाबीकर्ता: टिकटक, २०२४ जुलाई १२ । tiktok.com/@chitwan720ltamu प्रयोगकर्ता ।

    के हो वास्तविकता: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि नेपालबाट प्रकाशित हुने पत्रपत्रिकाहरुमा ओलीको तस्बिरसहित ठूलो विज्ञापन प्रकाशित भएको छैन ।  विज्ञापनका पुराना तस्बिरलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ । 

    नतिजा: भ्रामक 

     

     

    सन्दर्भ जाँच: केपी शर्मा ओली चौँथोपटक प्रधानमन्त्री नियुक्त 

    २०८१ असार ३० गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौँथोपटक प्रधानमन्त्री भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै संसद्का दुई ठूला दल कांग्रेस–एमालेका सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरेका थिए ।

    सोही दाबी अनुरुप २०८१ असार २८ गते नेपाली कांग्रेस र एमालेका नेताहरुले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीका लागि दाबी पेश गरेपछि राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

     

     

    केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुअघि नै उनका तस्बिर सहितका ठुला विज्ञापन छापिएको दृश्य सामाजिक संजालमा पोस्ट गरिएको हो  ।  

    तथ्यजाँच: पुरानो तस्बिरलाई वर्तमान सन्दर्भसँग जोड्दै पोस्ट गरियो

    २०७५ मंसिरमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरेको थियो । सोही घोषणा कार्यक्रमको प्रचारप्रसारका लागि पत्रपत्रिका एवं संचार माध्यममा ठूला विज्ञापन छापियो ।  बीबीसी नेपाली सेवाका अनुसार त्यो बेला सामाजिक संजालमा उक्त प्रचारशैलीको चर्को विरोध भएको थियो ।

     

     

     

    २०१८ नाेभेम्बर २८ मा कान्तिपुर टिभी एचडी (Kantipur TV HD) मा प्रकाशित बिहानी कार्यक्रम ‘गुड मर्निङ नेपाल’को थमनेलमा पनि पत्रपत्रिकामा प्रकाशित ठुला विज्ञापनका तस्बिर देख्न सकिन्छ ।

     

     

    यी तथ्यबाट के प्रष्ट हुन्छ भने पुराना विज्ञापनका तस्बिरहरुलाई केपी ‌शर्मा ओली चौँथो पटक प्रधानमन्त्री बन्न लागेको सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend