Logo

Oct 29 2026

Fact Check: केपी ओली र महेश बस्नेतको भिडियो जोडेर फैलाइयो भ्रामक दाबी

Fact Check: केपी ओली र महेश बस्नेतको भिडियो जोडेर फैलाइयो भ्रामक दाबी

  • दाबी: ‘आफ्नै दलका प्रधानमन्त्रीलाई कडा विरोध गर्दै महेश बस्नेत’

    दाबी समीक्षा: भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो केही आलोचना भए, गर्न मिल्ने आह्वान गरेका छन् । त्यस्तै नेकपा (एमाले) का नेता महेश बस्नेत बोलिरहेको अर्को दृश्यमा जोडिएको छ । भिडियोमा बस्नेतले भनेका छन्-

    ‘नेपालको प्रधानमन्त्री हुँ भन्न पनि लाज लाग्ने एउटा नौटंकीलाई हामीले प्रधानमन्त्री बनाएका छौं । यस्ता नौटंकीहरुलाई रत्नपार्क र भक्तपुरका डकलीहरु बनाएका छौं हामीले, यस्ता डबलीहरुमा नाटक देखाउन ल्याए हुन्छ, मुलुकको प्रधानमन्त्री यस्ता नौटंकीहरुले चल्नेवाला छैन ।’  दुईवटा भिडियोमा महेश बस्नेतले आफ्नै दलका प्रधानमन्त्रीलाई विरोध गरेको दाबी गरिएको छ ।

     

     

     

    दाबी माध्यम/मिति/दाबीकर्ता: टिकटक, २०२४ जुलाई ८ (tiktok.com/@trloken) । Tr Loken Tmg प्रयोगकर्ता ।

    के हो वास्तविकता: एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेको दाबी भ्रामक छ । बस्नेतले भिडियोमा राखेका विचार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित छैनन् । २०२३ अगस्टमा बस्नेतले गरेको भाषणका दृश्य र केपी शर्मा ओलीको पुरानो भनाईलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।

     नतिजा: भ्रामक

     

     

    सन्दर्भ जाँच: केपी शर्मा ओली प्रधानमन्त्री भएपछि महेश बस्नेत उत्साहित 

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका छन् । यही सन्दर्भमा एमालेभित्रबाट कुनैपनि विरोध र विरोधजन्य अभिव्यक्ति सार्वजनिक भएको छैन ।  संसद्का ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) नयाँ सत्ता समीकरण बनाएपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८१ असार २८ गते संसद्‍बाट विश्वासको मत लिन असमर्थ भए । 

    कांग्रेसको समर्थनमा २०८१ असार ३० गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । ओली प्रधानमन्त्री भएपछि एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत उत्साहित भएका छन् । उनले सामाजिक संजालमा प्रधानमन्त्री ओलीलाई बधाई दिँदै र सरकारले सुरु गरिरहेका कामको प्रशंसा गरिरहेका छन् ।

     

     

    ओली प्रधानमन्त्री भएपछि महेश बस्नेत उत्साहित भएकै सन्दर्भमा दुईवटा भिडियो जोडेर ‘महेश बस्नेतले आफ्नै दलका प्रधानमन्त्रीलाई विरोध गरेको’ दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । 

    तथ्यजाँच: प्रधानमन्त्री ओली र नेता बस्नेतको पुरानो भिडियोमा भ्रामक दाबी

    २०२३ जनवरी (एक वर्ष अगाडि) मा केपी शर्मा ओलीले ग्लोबल कलेज अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै ओलीले ‘मेरो आलोचना केही छ भने गर्नुस् भन्ने हिम्मत चाहिन्छ’ भन्दै विद्यार्थीलाई उत्प्ररित गरेका थिए । 

    पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्षका रुपमा केपी शर्मा ओलीले ग्लोबल कलेजको कार्यक्रम बोलेको भिडियो सेतोपाटी (Setopati) युट्युब च्यानलमा पोस्ट गरिएको छ । २०२३ जनवरी २ मा पोस्ट गरिएको भिडियोमा ओलीले विद्यार्थी समक्ष आफ्नोबारे केही आलोचना छ भने फोनमार्फत् वा इमेलमार्फत् पठाउन आग्रह गरेका थिए ।

     

     

    यो पुरानो भिडियोसँगै एमाले नेता महेश बस्नेतले बोलिरहेको भिडियो जोडिएको छ । तर, महेश बस्नेतले बोलिरहेको भिडियो पनि पुरानो र फरक सन्दर्भको देखिन्छ । सुनौलो नेपाल टीभी (Sunaulo Nepal TV) मा पोस्ट गरिएको भिडियोमा नेता बस्नेतले ‘आजको राजनीतिक समस्याको वाहक’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको अभिव्यक्ति दिएका थिए ।

    २०२३ अगस्टमा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री प्रचण्ड, सत्ता गठबन्धन र अन्य मन्त्रीहरुको चर्को विरोध गरेका थिए । २०२३ अगस्ट २० मा पोस्ट गरिएको कार्यक्रमको भिडियोमा बस्नेतले भनेको एउटा अंश यस्तो छ- 

    ‘आजको राजनीतिको समस्या के हो भने, त्यो प्रचण्ड आजको राजनीतिका समस्याका वाहक हुन् भने प्रचण्ड समर्थित माओवादी र उनीद्वारा चालिएका कथित अराजकतावादी तत्वहरु, उच्छृंखल तत्वहरु आजका समस्याका वहाक र प्रचारक हुन् । नेपालको प्रधानमन्त्री हुँ भन्न पनि लाज लाग्ने एउटा नौटंकीलाई हामीले प्रधानमन्त्री बनाएका छौं । यस्ता नौटंकीहरुलाई रत्नपार्क र भक्तपुरका डकलीहरु बनाएर छौं हामीले, त्यस्ता डबलीहरुमा ल्याएर नाटक देखाउन ल्याए हुन्छ, मुलुकको प्रधानमन्त्री यस्ता नौटंकीहरुले चल्नेवाला छैन ।’  

     

     

    एमाले नेता बस्नेतले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेको पुरानो भिडियोलाई केपी शर्मा ओलीको पुरानो भिडियोसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ । दुबै भिडियो वर्तमान सन्दर्भसँग सम्बन्धित छैनन् ।  

    पूरा भिडियो- https://www.youtube.com/watch?v=Ko1nS9yAkjI

     

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend