Logo

Oct 28 2026

Fact Check: ‘जहाज दुर्घटनापछि अर्को जहाजका यात्रुको भागाभाग’ भन्दै पोस्ट गरिएको भिडियो अहिलेको होइन

Fact Check: ‘जहाज दुर्घटनापछि अर्को जहाजका यात्रुको भागाभाग’ भन्दै पोस्ट गरिएको भिडियो अहिलेको होइन

  • जहाज दुर्घटनापछि अर्को जहाजका यात्रुको भागाभाग भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको सन्दर्भमा पोस्ट गरिएको यो भिडियो अहिलेको भने होइन    

    दाबी समीक्षा

    सेतो खबर नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा जहाज र मानिसहरु देख्न सकिन्छ । २०२४ जुलाई २५ मा पोस्ट गरिएको यो भिडियोमा मानिसहरु जहाजबाट टाडा भाग्न खोजिरहेको दृश्य जोडिएको छ ।

    साथै भिडियोमा लेखिएको छ- ‘जहाज दुर्घटनापछि अर्को जहाजका यात्रुको भागाभाग । केपी ओलीले देश मात्र होइन जनता सबै मार्ने भयो, देशको प्रमुख प्रधानमन्त्री भएको फाप्दैन छिटोभन्दा छिटो राजीनामा देउ ।’

     

     

     

    यसैगरी सोही भिडियोमा ‘जहाज दुर्घटनापछि अर्को जहाजका यात्रुको भागाभाग’ वाक्यांशको क्याप्सन लेखेर धेरै फेसबुक प्रयोगकर्ताले पोस्ट गरिसकेका छन् ।

     

     

    तथ्यजाँच: घटना २०७९ को हो, अहिलेको होइन  

    काठमाडौँमा  सौर्य जहाजको भयानक दुर्घटना भएकै बेला पोस्ट गरिएको यो भिडियो अहिलेको हो त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्‍यौँ । 

    दाबी सहितको भिडियोमा श्री एयरलाइन्सको ९ एन-एएनएफ कलसाइनको जहाज आकस्मिक अवस्थामा देखिन्छ । यही आधारमा हामीले ‘श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण’ वाक्यांशलाई गुगल तथा युट्युबमा सर्च गर्‍यौँ । 

    जाँचको नतिजास्वरुप टिभी अन्नपूर्ण (TV Annapurna) नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । २०२२ अगस्ट ४ मा पोस्ट गरिएको भिडियोमा नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजले नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरेको जानकारी दिइएको छ । हे. भिडियो  

     

    ​​

    यही सन्दर्भको भिडियो आजको प्रेस (Aajako Press) नामक फेसबुक पेजमा पनि पोस्ट गरिएको छ । २०२२ अगस्ट ४ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘७९ जना सवार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण’ । 

     

    फेला परेका भिडियोले के प्रष्ट पार्छन् भने सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको सन्दर्भमा पोस्ट गरिएको भिडियो अहिलेको होइन ।  थप जाँचका क्रममा हामीले नागरिक न्युज (nagariknews.nagariknetwork.com) मा प्रकाशित समाचार फेला पार्‍यौँ ।

    २०७९ श्रावण १८ गते प्रकाशित समाचार अनुसार नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजभित्र धुँवा निस्केपछि आकस्मिक अवतरण गराइएको थियो ।

     

     


     

    यही एक पुरानो घटनासँग सम्बन्धित भिडियोलाई अहिलेको विमान दुर्घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखियो । पुरानो घटनाका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागिएको छ । 

    निष्कर्ष

    जहाज दुर्घटनापछि अर्को जहाजका यात्रुको भागाभाग भन्दै पोस्ट गरिएको भिडियो अहिलेको होइन । २०७९ श्रावणको घटनालाई काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको सन्दर्भमा पोस्ट गर्दै प्रधानमन्त्रीको राजीनामा मागिएको छ ।

    नतिजा: भ्रामक    


    सौर्य जहाज दुर्घटना भएकै सन्दर्भमा फैलाइएका भ्रामक दाबीबारे गरिएका अन्य तथ्यजाँच पढ्नुहोस्- 

    १) Fact Check: टिकटकमा फैलिएको भिडियो सौर्य जहाज दुर्घटनाको होइन, के हो तथ्य?  

    २) Fact Check: सौर्य जहाज दुर्घटना भन्दै सामाजिक संजालमा फैलाइयो पुराना तस्बिर

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend