Logo

Oct 28 2026

Fact Check: प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर फैलाइयो बहुविवाहबारे ‘फेक सूचना’

Fact Check: प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर फैलाइयो बहुविवाहबारे ‘फेक सूचना’

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई बहुविवाह गर्न आदेश दिएको दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, यो दाबीलाई रुजू गर्दा प्रधानमन्त्रीले नेपालीलाई बहुविवाह गर्न आदेश दिएको दाबी गलत रहेको देखियो ।

    दाबी समीक्षा

    Breaking News Nepal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा दुई युवती र एक युवकलाई देख्न सकिन्छ । भिडियोमा लेखिएको छ- ‘नेपालमा एकजना केटाले दुईजना केटी बिहे गर्नू प्रधानमन्त्री केपी ओलीको आदेश ।’ २०२४ सेप्टेम्बर ९ मा पोस्ट गरिएको भिडियोमा करिब १७ हजार टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । एक हजार प्रतिक्रिया आएको सामग्रीलाई १२ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।  

    भिडियोमा समाचार शैलीको एउटा अडियो पनि जोडिएको छ । उक्त अडियोमा भनिएको छ‍-   ‘नेपालमा एकजना केटाले दुईजना केटी बिहे गर्नू प्रधानमन्त्री केपी ओलीको आदेश । नेपालमा केटाहरुको संख्या कमी भएको र केटीहरुको संख्या बढी भएको कारणले गर्दाखेरी एउटा केटाले दुईवटी केटी बिहे गर्नू प्रधानमन्त्री केपी ओलीले आदेश दिएका छन् । अब सम्पूर्ण नेपालमा भएका केटाहरुले दुई-दुईवटी श्रीमति बिहे गर्न पाउने भएका छन् ।  प्रस्तुत दाबीसहितको अडियोबाट ८० भन्दा बढी भिडियो पुनर्उत्पादन गरिएको छ । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । 

    के प्रधानमन्त्री केपी शर्मा ओलले नेपालीलाई बहुविवाह गर्न आदेश दिएका हुन् त ? वाक्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

    तथ्यजाँच: प्रधानमन्त्रीले नेपालीलाई बहुविवाह गर्न आदेश दिएका छैनन्

    दाबीको जाँचका क्रममा हामीले ‘प्रधानमन्त्री केपी शर्मा ओली’ र ‘विवाह’सँग सम्बन्धित उपलब्ध जानकारीहरु इन्टरनेटमा नियाल्यौँ ।  तर, प्रधानमन्त्री ओलीले नेपालीलाई बहुविवाह गर्न आदेश दिएको कुनैपनि जानकारी फेला परेन ।  अर्कोतर्फ अनलाइनखबर (onlinekhabar.com) मा  प्रकाशित एउटा समाचार फेला पर्‍यो ।

    २०८१ साउन २९ गते प्रकाशित समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरुलाई २०-३० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन आग्रह गरेका थिए । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित युवा सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताएका हुन् ।

    सोही सन्दर्भको भिडियो Setopati युट्युबमा च्यानलमा पोस्ट गरिएको देखियो । २०२४ अगस्ट १३ मा पोस्ट गरिएको भिडियोमा पोस्ट गरिएको शिर्षक छ- ‘प्रधानमन्त्रीको सुझाव: २०-३० वर्षभित्र बिहे गर्नूस्, छिटै बच्चाबच्ची पाइहाल्नुस्’ ।

     

    यस बाहेक प्रधानमन्त्री ओलीले विवाहबारे कुनैपनि अभिव्यक्ति दिएको जानकारी फेला परेन ।  अर्कोतर्फ हामीले दाबीसहितको सामग्रीमा पोस्ट गरिएको भिडियोको जाँच गर्‍यौँ । जाँचकै क्रममा little_nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको छोटो भिडियो फेला पर्‍यो । २०२२ मार्च ९ मा पोस्ट गरिएको भिडियोमा दुई युवती र एक युवकलाई देख्न सकिन्छ । तर, यो भिडियो कुन सन्दर्भमा खिचिएको खिचिएको थियो भन्ने तथ्य प्रष्ट छैन । 

        

    दुई वर्षअघि इन्टरनेटमा पोस्ट गरिएको भिडियोलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई बहुविवाह गर्न आदेश दिएको गलत दाबीसँग जोडेर पोस्ट गरिएको छ ।

    निष्कर्ष

    प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपालीलाई बहुविवाह गर्न आदेश दिएका छैनन् । इन्टरनेटमा पोस्ट गरिएको पुरानो र अज्ञात भिडियोसँग प्रधानमन्त्रीलाई जोड्दै गलत दाबी सामाजिक संजालमा पोस्ट गरिएको देखियो । नतिजा: भ्रामक   

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend