Logo

Oct 28 2026

Fact Check: के प्रदर्शनकारी युवाहरु सिंहदरबारभित्र पसेका हुन् ?

Fact Check: के प्रदर्शनकारी युवाहरु सिंहदरबारभित्र पसेका हुन् ?

  • प्रदर्शनकारी युवाहरु सिंहदरबारभित्रै प्रवेश गरेको भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । तर, भिडियोलाई रुजू गर्दा प्रदर्शनकारी युवाहरु सिंहदरबारभित्र प्रवेश गरेको दाबी भ्रामक रहेको देखियो । 

    दाबी समीक्षा

    Vlog Lanka Pandey नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रदर्शनकारी युवाहरु आक्रोशित भएको दृश्य देख्न सकिन्छ । साथै प्रहरीहरु पनि दलबलका साथ छेवैमा तैनाथ देखिएका छन् । २०२४ सेप्टेम्बर १४ मा पोस्ट गरिएको भिडियोमा लेखिएको छ- ‘युवाहरु सिहदरबार भित्र प्रवेश’ ।

    के प्रदर्शनकारी युवाहरु सिंहदरबारभित्र प्रवेश गरेका हुन् त ? प्रदर्शनकारी र प्रहरीबीच झडप हुनै लागेको भिडियोको वाक्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

    तथ्यजाँच: प्रदर्शनकारी भद्रकालीमै रोकिएका थिए 

    सिंहदरबार नेपालकै प्रमुख प्रशासनिक केन्द्र हुनुका साथै कुनैपनि किसिमको विरोध प्रदर्शनका लागि निषेधित क्षेत्र हो । यही अवस्थामा प्रदर्शनकारी युवाहरु सिंहदरबारभित्रै प्रवेश गरेको भन्ने जानकारी अत्यन्तै संवेदशनशील छ । 

    दाबीसहित पोस्ट गरिएको भिडियोको जाँचका क्रममा हामीले Nepal One HD  युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । २०२४ सेप्टेम्बर १ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘आन्दोलनकारीमाथि लाठी चल्यो आज, अबको आन्दोलन निर्णायक सहकारी पिडीतलाई राज्यको दमन’ । 

    फेला परेको भिडियोका केही दृश्यहरु र प्रदर्शनकारी युवाहरु सिंहदरबारभित्र प्रवेश गरेको दाबीसहित पोस्ट गरिएको भिडियोमा समानता देख्न सकिन्छ ।   

    युवा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको स्थलको जाँच गर्न हामीले गुगल म्यापको सहायता लियौँ । सबैभन्दा पहिले काठमाडौँमा प्रदर्शनहरु भइराख्ने स्थहरुको जाँच गर्‍यौँ । यही क्रममा गुगल म्यापको स्ट्रीट भ्यूमा काठमाडौँस्थित भद्रकारीको दृश्य नियाल्दा दाबीसहित पोस्ट गरिएको भिडियोसँग मिल्दो देखियो ।     

     

    फेला परेको नतिजाका आधारमा हामीले ‘सहकारी पीडित र प्रहरी झडप’ ‘भद्रकाली’ लगायतका वाक्यांशलाई जाँच गर्‍यौँ । जाँचको नतिजास्वरुप सेतोपाटी (setopati.com), अनलाइन खबर (onlinekhabar.com) लगायतका संचार माध्यममा प्रकाशित समाचारहरु फेला परे ।

    २०८१ भदौ १६ गते प्रकाशित दुबै समाचार अनुसार नेपालका विभिन्न सहकारीबाट बचत फिर्ता नपाएका पीडितहरुले काठमाडौँमा प्रदर्शन गरेका थिए । रत्नपार्कबाट र्‍यालीसहित सिंहदरबारतर्फ अघि बढेका सहकारी पीडित र प्रहरीबीच भद्रकालीमा असहज परिस्थिति सृजना भएको थियो ।

    समाचार अनुसार सिंहदरबार अगाडिसम्म पुग्ने भन्दै अगाडि बढेका आन्दोलनकारी प्रहरीको बल प्रयोगबाट भद्रकालीबाटै तितरबितर भएका थिए । 


    फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामाजिक संजालमा फैलाइएको भिडियो सिंहदरबारभित्रको होइन । भद्रकालीबाटै तितरबितर भएका प्रदर्शनकारीको दृश्य जोडेर गलत दाबी पोस्ट गरिएको छ ।

    निष्कर्ष

    प्रदर्शनकारी युवाहरु सिंहदरबारभित्र प्रवेश गरेको दाबी गलत छ । २०८१ भदौ १६ गते  रत्नपार्कबाट हदरबारतर्फ अघि बढेका सहकारी पीडितहरुको प्रदर्शनलाई प्रहरीले भद्रकालीमै हस्तक्षेप गरेको थियो । सोही सन्दर्भको भिडियो जोडेर गलत दाबी सामाजिक संजालमा फैलाइएको देखियो ।     

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend