Logo

Oct 28 2026

Fact Check: ‘काठमाडौँमा रवि लामिछानेको क्रेज’ लेखिएको भिडियोले दियो भ्रामक सन्देश

Fact Check: ‘काठमाडौँमा रवि लामिछानेको क्रेज’ लेखिएको भिडियोले दियो भ्रामक सन्देश

  • चितवनपछि काठमाडौँमा रवि लामिछानेको क्रेज भन्दै एउटा भिडियोलाई सामाजिक संजालमा फैलाइएको छ । तर, दाबीसहितको भिडियोलाई रुजू गर्दा रविको क्रेज लेखेर पोस्ट गरिएको भिडियो रवि लामिछानेसँग सम्बन्धित नरहेको तथ्य फेला पर्‍यो । 

    दाबी समीक्षा Kapil_khadka_1 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा कयौँ मानिसहरु सडकमा उत्रिएका छन् । त्यस्तै मानिसहरुले नेपालको राष्ट्रिय झण्डा समाएर उल्लास मनाइरहेको दृश्य देख्न सकिन्छ । साथै भिडियोमा ‘हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ, रवि दाई हाईहाई’को नारासहितको आजाव जोडिएको छ । 

    २०२४ अक्टोवर ८ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘चितवनपछि काठमाडौँमा रविको क्रेज । हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ, रवि दाई हाईहाई ।’  

     

     

    के भिडियोमा देखिएको दृश्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित छ त ? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

    तथ्यजाँच: नेसनल डे कन्सर्टको भिडियोमा भ्रामक दाबी 

    भिडियोको जाँचका क्रममा हामीले Eve Entertainment नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पार्‍यौँ । २०२४ सेप्टेम्बर २० मा पोस्ट गरिएको भिडियोमा ‘National Day Concert Nepal 2024, Nepal Constitution Day 2081ऽ Durbarmarg Kathmandu’ लेखिएको छ । 

    फेला परेको भिडियो र काठमाडौँमा रवि लामिछानेको क्रेज भन्दै पोस्ट गरिएको दृश्यमा केही समानता देखिएका छन् ।

     

     

     

    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा काठमाडौँस्थित दरबारर्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको थियो ।  २०८१ असोज ३ गते साँझपख आयोजित उक्त  कन्सर्टमा राष्ट्रिय भावनासहितको अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गीतहरु प्रस्तुत भएका थिए ।

    सयौँ युवाहरुले हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै नेसनल डे कन्सर्टमा सहभागी भएको देखिन्थे ।

    फेला परेको जानकारीकै आधारमा हामीले ‘नेसनल डे कन्सर्ट’ ‘National Day Concert’ ‘DurbarMarg’ लगायतका वाक्यांशलाई जाँच गर्‍यौँ ।

    जाँचको नतिजास्वरुप Achut Puri लगायतका युट्युब च्यानलमा पोस्ट गरिएका नेसनल डे कन्सर्टसँग सम्बन्धित भिडियोहरु फेला परे । ती भिडियोहरुमा नेपाली युवाहरुले संगीतको लयमा खुसीयाली मनाइरहेकाे देखिन्छ ।

       

     

     

    फेला परेका भिडियोहरु र काठमाडौँमा रवि लामिछानेको क्रेज भन्दै पोस्ट गरिएको दृश्य उस्तै देखिएका छन् । यसबाट के प्रष्ट हुन्छ भने नागरिक स्तरबाट आयोजित नेसनल डे कन्सर्टको भिडियोलाई रवि लामिछानेको क्रेजसँग जोडिएको छ ।

    त्यस्तै भिडियोमा ‘हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ, रवि दाई हाईहाई’को नारासहितको आजाव पनि सुन्न सकिन्छ ।

    उक्त आवाजको जाँचका क्रममा हामीले ‘Rabi Dai Hai Hai’ ‘Song’ लगायतका वाक्यांशहरुलाई युट्युबमा सर्च गर्‍यौँ ।  जाँचको नतिजास्वरुप Himal Darpan नामक युट्युब च्यानलमा पोस्ट गरिएको म्युजिक भिडियो फेला पर्‍यो ।

    ‘RABI LAMICHHANE SUPPORTER SONG, RABI DAI रबि दाई' लेखेर पोस्ट गरिएको भिडियोमा ‘हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ, रवि दाई हाईहाई’ भन्ने नारा लगाइएको छ ।

     

     

    फेला परेको म्युजिक भिडियोको नारा र दाबीसहितको भिडियोमा जोडिएको नारा उस्तै सुनिन्छ ।

    निष्कर्ष

    चितवनपछि काठमाडौँमा रवि लामिछानेको क्रेज भन्दै पोस्ट गरिएको भिडियोले भ्रामक सन्देश प्रवाह गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आयोजित नेसनल डे कन्सर्टको दृश्य र रवि लामिछानेसँग सम्बन्धित पुरानो म्युजिक भिडियोको आवाज जोडेर सामाजिक संजालमा भ्रामक दाबी फैलाइएको देखियो ।

    नतिजा: भ्रामक

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend