Logo

Oct 29 2026

Fact Check: युवराज संग्रौलाको अभिव्यक्ति प्रधानमन्त्री ओलीसँग सम्बन्धित छैन, कसरी बनाइयो ‘भ्रामक कन्टेन्ट’?

Fact Check: युवराज संग्रौलाको अभिव्यक्ति प्रधानमन्त्री ओलीसँग सम्बन्धित छैन, कसरी बनाइयो ‘भ्रामक कन्टेन्ट’?

  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाले अमर्यादित अभिव्यक्ति दिएको दाबी सामाजिक संजालमा भाइरल भएको छ । तर, दाबीसहितको भिडियोलाई रुजू गर्दा फरक सन्दर्भको र पुरानो भिडियोमा भ्रामक दाबी जोडेेर फैलाइएको देखियो ।

    दाबी समीक्षा

    Loken.tmg21 लगायतका टिकटक आइडीमा पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला बोलिरहेको भिडियो पोस्ट गरिएको छ । यही भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जोडिएको छ । साथै भिडियोको थमनेलमा  प्रा.डा. संग्रौलाले प्रधानमन्त्रीविरुद्ध अमर्यादित र गालीजन्य अभिव्यक्ति दिएको दाबीसहितको वाक्यांश लेखिएको छ ।

     

    Yubaraj Sangraula Claim.png
    पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाले अमर्यादित अभिव्यक्ति दिएको दाबी सामाजिक संजालमा भाइरल भएको एउटा पोस्ट ।

     

    दाबी सामाजिक संजालमा व्यापक फैलिरहेको तथ्यांकले देखाउँछ । टिकटकमा भेटिएको एउटा पोस्टमा मात्रै ९ हजारभन्दा बढीले रियाक्ट गरेका छन् । दाबीसहितको सोही अडियोबाट १६ भन्दा बढी नयाँ भिडियो पुनर्उत्पादन गरिएको छ ।

    के पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध  अमर्यादित अभिव्यक्ति दिएका हुन् त? भिडियोको वाक्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

    तथ्यजाँच: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संग्रौलाले गालीजन्य अभिव्यक्ति दिएका छैनन् 

    दाबीसहितको भिडियोमा प्रा.डा. युवराज संग्रौला बोलिरहेका छन् । उनको पछाडि ‘Center’ लेखिएको अस्पष्ट वाक्यांश लेखिएको देखिन्छ । रुजू फ्याक्ट चेक टीमले मूल भिडियोको खोजी गर्ने क्रममा ‘Yubaraj Sangroula Center’  लगायतका वाक्यांश जाँच गर्‍यो ।

     

    Screen Shot 2024-12-13 at 11.32.22 AM.png
    जाँचका क्रममा फेला परेको प्रा.डा. युवराज संग्रौलाको भाषण भिडियो ।  

     

    जाँचको नतिजास्वरुप युट्युबमा पोस्ट गरिएका केही भिडियोहरु फेला परे । Hulak Sanchar नामक युट्युब च्यानलमा पोस्ट गरिएको अलि पुरानो भिडियो हामीले जाँच गर्‍यौँ ।

    २०२४ अगस्ट १९ मा पोस्ट गरिएको यो भिडियो र सामाजिक संजालमा फैलाइएको दाबीसहितको भिडियोमा समानता देखिन्छ ।

    भेटिएको भिडियोलाई हाम्रो टीमले राम्रोसँग जाँच गर्‍यो । जाँचका क्रममा भिडियोको ४९:४६ देखि ५०:०४ मिनेटसम्म प्रा.डा. युवराज संग्रौलाले गालीजन्य अभिव्यक्ति दिएको पत्ता लाग्यो ।

    तर त्यो अभिव्यक्ति संग्रौलाले प्रधानमन्त्रीलाई लक्षित गरेका थिएनन् । उनले आफूलाई ‘चाइनाको मान्छे’ भन्नेहरुलाई लक्षित गर्दै गालीजन्य अभिव्यक्ति दिएका थिए । हे.भिडियो

    यो अंशमा प्रा.डा. संग्रौला भनेका छन्- 'यति भन्दाभन्दै कुनै बदमासहरु युवराज संग्रौला त चाइनाको मान्छे भन्छन् । फटाहा साला, लाजसरम छैन । म गएर पढाएर आउने मान्छेलाई । अनि यो कसले भन्छ भनेर अस्ती हेरेको त त्यो उता दुइटाको खानेले मलाई त्यस्तो भन्दो रहेछ । त्यसैले मेरो यो देशभन्दा बाहेक अरु कोही पनि छैन ।  

     

    Yubaraj Sangaula and kp oli.png
    प्रा.डा. युवराज संग्रौलाले वास्तविक अभिव्यक्तिसहितको भिडियो र सामाजिक संजालमा फैलाइएको इडिटेड भ्रामक भिडियोको स्क्रिनसट ।

     

    त्यस्तै मूल भिडियोको ४६:१९ देखि ४७:१७ सम्मको एउटा सोनो अंशलाई पनि दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ । उक्त अंशमा संग्रौलाले समाजको हरेक क्षेत्रमा बरिएता भएको भन्दै त्यसलाई अत्य गर्नुपर्ने धारणा राखेका छन् । हे.भिडियो

    यिनै दुईवटा अंशमा भ्रामक दाबी जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो । ‘मिडिया सेन्टर’ लेखिएको व्यानर अगाडि प्रा.डा. युवराज संग्रौला बोलिरहेको  उक्त भिडियो केही महिनाअघि मात्रै युट्युब च्यानलहरुमा पोस्ट भएको देखिन्छ । उक्त भिडियोको अर्को मूल अंश OTV Nepal नामक युट्युब च्यानलमा पनि पोस्ट गरिएको छ ।

     

    Screen Shot 2024-12-13 at 12.09.51 PM.png

    निष्कर्ष

    प्रा.डा. युवराज संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएका छैनन् । संग्रौलाले आफूलाई ‘चाइनाको मान्छे’ भन्नेहरुलाई लक्षित गरी गालीजन्य अभिव्यक्ति दिएका थिए । फरक विषयमा बोलिएको अभिव्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसँग जोड्दै भ्रामक सामग्री उत्पादन गरिएको देखियो । 

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend