Logo

Oct 28 2026

Fact Check: के दुर्गा प्रसाईं जेलबाट छुटेका हुन्?

Fact Check: के दुर्गा प्रसाईं जेलबाट छुटेका हुन्?

  • दाबी समीक्षा 

    सामाजिक सञ्जाल टिकटकमा "bppokharel31" नामक प्रयोगकर्ता द्वारा २०८२ जेठ ३० गते (बिहीबार, जुन १२, २०२५) दिउँसो ४:२४ बजे पोस्ट गरिएको एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ। हालसम्म यो भिडियोलाई २.२ लाख भन्दा बढी पटक हेरिएको छ भने १३ हजार ९ सय भन्दा बढी लाइक र २६० पटक सेयर भइसकेको छ। 

    भिडियोमा "हिरासत मुक्त हुन साथ गर्जिए दुर्गा प्रसाईं मध्य रात मा" भन्ने टेक्स्ट ओभरले राखिएको छ। भिडियोमा दुर्गा प्रसाईंलाई फूलमाला लगाएर मिडियासँग कुराकानी गरिरहेको  देख्न सकिन्छ। यो दाबी दुर्गा प्रसाईं हालसालै तीनकुने घटनासँग सम्बन्धित मुद्दामा पक्राउ परेपछि हालै पुर्पक्षका लागि जेल चलान भएको सन्दर्भमा पोस्ट गरिएको  देखिन्छ।

    claim.png

    के दुर्गा प्रसाईं जेलबाट छुटेका हुन्?  वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ।

    तथ्यजाँच 

    दुर्गा प्रसाईंको पछिल्लो कानुनी अवस्थाबारे विभिन्न समाचार स्रोत र आधिकारिक बयानहरूलाई बुझ्दा , "दुर्गा प्रसाईं रिहा" भन्ने दाबी भ्रामक रहेको पाइयो।

    दुर्गा प्रसाईंलाई २०८१ चैत २८ गते भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनलाई भारतको आसाम राज्यमा ट्र्याक गरी भारतीय प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि राजद्रोह, ज्यान मार्ने उद्योग, संगठित अपराध, र बैंकिङ कसुरसहित विभिन्न आरोपहरूमा मुद्दा चलिरहेको छ।

    claim-review1.png

    जिल्ला अदालत काठमाडौंले २०८२ जेठ ३० गते शुक्रबारका दिन तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ। उनीहरूलाई कारागार चलान गरिएको छ। सोही घटनामा संलग्न अन्य ३२ जनालाई भने धरौटीमा रिहा गरिएको छ।

    यसअघि, २०८० मंसिरमा पनि साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई सर्वोच्च अदालतको आदेशमा बन्दी प्रत्यक्षीकरण रिटमार्फत पुस ५ गते रिहा गरिएको थियो। तर, यो पछिल्लो तीनकुने घटनासँग सम्बन्धित मुद्दा हो र यसमा उनी पुर्पक्षका लागि जेल चलान भएका छन्।

    claim-review2.png

    निष्कर्ष

    टिकटक प्रयोगकर्ता "bppokharel31" द्वारा पोस्ट गरिएको "दुर्गा प्रसाईं हिरासत मुक्त हुन साथ गर्जिए मध्य रात मा" भन्ने दाबी झूटा हो।  जिल्ला अदालत काठमाडौंले २०८२ जेठ ३० गते उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। दुर्गा प्रसाईं हाल हिरासतमा नै छन् र उनी रिहा भएका छैनन्।

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments
    Releted FACT CHECK
  • © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend