Logo

Oct 28 2026

Fact Check: काठमाडौँकी उपमेयर सुनिता डंगोलले एमाले परित्याग गरेकी हुन्?

Fact Check: काठमाडौँकी उपमेयर सुनिता डंगोलले एमाले परित्याग गरेकी हुन्?

  • दाबी: मेयर बालेन शाहलाई साथ दिँदै उपमेयर सुनिता डंगोललले एमाले परित्याग गरेकी छन् (भिडियो) । 

    दाबीमा जोडिएका सामग्री: केही भिडियोहरु, जसमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बोलिरहेकाे दृश्य देख्न सकिन्छ । सोही भिडियोको थमनेल तथा क्याप्सनमा उपमेयर डंगोललले एमाले परित्याग गरेको दाबी गरिएको छ ।

    दाबी भेटिएको माध्यम/दाबीकर्ता: टिकटक- tiktok.com/@pardeshi049sesson । tiktok.com/@rabi_lamichhane_36 । tiktok.com/@sthakanxa203 लगायतका प्रयोगकर्ता ।  

    के हो तथ्य: काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेकपा (एमाले) परित्याग गरेको दाबी भ्रामक छ । स्थानीय तह निर्वाचन २०७९ मा नेकपा (एमाले)बाट उम्मेदवारी दर्ता गराउँदा सुनिता डंगोलले बोलिरहेको दृश्यलाई सामाजिक संजालमा पोस्ट गर्दै एमाले छाडेको दाबी गरिएको छ ।   

    नतिजा: भ्रामक

    सन्दर्भ जाँच: केपी शर्मा ओली र बालेन शाहबीच उत्पन्न परिस्थिति  

    केही समयअघि समय नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, काठमाडौँ महानगरपालिका मेयर बालेन शाह, सडक विभागबीच असहज परिस्थिति देखा परेको थियो । 


            त्यो सन्दर्भमा फैलाइएका भ्रामक दाबीबारे हामीले गरेका तथ्यजाँच पढ्नुहोस्:  


    महानगरको गाडीले सडक विभाग र सडक डिभिजन काठमाडौँको गेटमा  धुलो थुपारेको र फुटपाथ विस्तारका लागि महानगरले भत्काएको न्युरोडलाई सडक विभागले पिच गरेको सन्दर्भमा मेयर बालेन शाह पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीमाथि आक्रमक बने ।

    सोही क्रमा बालेनले फेसबुकबाटै ओलीमाथि भ्रष्टाचारको आरोप लगाएका थिए ।  केपी शर्मा ओली र बालेन शाहबीच उत्पन्न असहज परिस्थितिपछि  नेकपा (एमाले) बाट काठमाडौँको उपमेयर बनेकी सुनिता डंगोलले पार्टी परित्याग गरेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।

    तथ्यजाँच: सुनिता डंगोलको पूरानो भिडियोमा भ्रामक दाबी 

    स्थानीय तह निर्वाचन २०७९ मा सुनिता डंगोलले नेकपा (एमाले) बाट उम्मेदवारी दिएकी हुन् । सुरुमा काठमाडौँ महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोलले पछि दलीय राजनीतिमा विश्वास गर्ने बताउँदै नेकपा (एमाले)बाट उपमेयरको उम्मेदवारी दिएकी थिइन् ।

    निर्वाचनकै बेला २५ अप्रिल २०२२ मा Sunaulo Nepal TV  युट्युब च्यानलले पोस्ट गरेको भिडियोमा सुनिता डंगोल बोलिरहेकी छन् । उक्त भिडियोको शिर्षक राखिएको छ- ‘केशव सुनिताले दलबल सहित उमेद्वारी दर्ता गर्दै एक स्वरमा भने: गेम इज ओभर छाप हान्न मात्र पर्खिनु पर्छ’ ।  

    Kathmandu metro Sunita Dangul.png

     यही भिडियोको एउटा अंशलाई सामाजिक संजालमा पोस्ट गर्दै सुनिता डंगोललले एमाले छोडेको (परित्याग) गरेको दाबी गरिएको छ । तर, पूरानो भिडियोमा पनि सुनिता डंगोल एमालेको खुलेरै प्रशंसा गरेकी छ । पुरानो भिडियोमा पनि डंगोलले एमाले छाडेको बताएकी छैनन् ।


     

    Work with Us

    सत्यको खोजी र गलत सूचनाविरुद्धको संघर्षमा सहभागी हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौँ । विशेषगरी विद्यार्थी र युवाहरूसँग सहकार्य गर्न हामी अत्यन्त उत्साहित छौं ।

    यो यात्रामा हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने, rujufactcheck@gmail.com मा सम्पर्क गर्नुहोस् । तपाईंको सहभागिताले सत्य र तथ्यमा आधारित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । हामी तपाईंको सहयोग र सहभागितालाई उच्च महत्त्व दिन्छौं । तपाईंको प्रतिक्रिया र सुझावले हाम्रो सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन मद्दत गर्नेछ । 

    We warmly invite you to join us in the fight against misinformation. We are especially eager to collaborate with students and young individuals.

    If you’d like to join us on this journey, contact us at rujufactcheck@gmail.com. Your participation will play a vital role in building a society based on truth and facts. We value your support and involvement. Your feedback and suggestions will help us enhance our services.  

    Comments

    © 2026 All right reserved to theruju.com  | Site By : SobizTrend